२०८३ कार्तिक १४ गते शुक्रबार

सत्तारुढ माओवादीको केन्द्रीय समिति बैठक आज पनि निरन्तर, नेतृत्वमाथि खबरदारी

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, साउन १८
maoistCC-2

काठमाडौं– बुधबारदेखि प्रज्ञा भवनमा तामझामसहित सुरु भएको सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक दोस्रो दिन आज बिहान ११ बजेदेखि बस्दै छ। आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नेछन्। पहिलो दिन बुधबारको बैठकमा १८ केन्द्रीय सदस्यले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट प्रस्तुत सांगठनिक, राजनीतिकलगायत एजेन्डामाथि रहेर आ–आफ्ना धारणा राखेका थिए।

केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि १८ नेताले आ–आफ्नो धारणा प्रस्तुत गरेका छन्। बैठकमा मक्किँदै गएको पार्टीको पुनःनिर्माण, पार्टीको कार्यशैली, संगठनको प्रभावकारिता र सरकारका काम–कारबाहीबारे बैठकमा १८ केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखे। बुधबारको बैठकमा विभिन्न पाँच एजेन्डामा छलफल भएको प्रवक्ता कृष्ण बहादुर महराले बताए। केन्द्रयी कमिटी समावेशीअनुरुपको बनाउन र छुट्न गएकालाई समावेश गर्न लागिएको विषयमा छलफल भएको समेत उनले जानकारी दिए।

पार्टीलाई नयाँ जीवन दिने, संगठनात्मक संरचनालाई सानो बनाउने, पार्टीलाई पुनःजागृत गर्ने भन्ने विषयमा केन्द्रित भएर नेताहरूले धारणा राखेको माओवादीका केन्द्रीय सदस्य माधव सापकोटाले बताए। बैठकको प्रारम्भमा पार्टी अध्यक्ष दाहालले संगठनात्मक संरचनालाई चुस्त दुरुस्त बनाउने, पार्टी पंक्तिलाई वडास्तरमा फर्काउने, तीन महिनाको विशेष अभियान सञ्चालन गर्ने, विधान सम्मेलन गर्ने, सम्मेलनमार्फत पार्टीलाई चुस्त र व्यवस्थित तुल्याउने प्रस्ताव राखेका थिए।

बैठकमा अध्यक्षले राखेको प्रस्तावमाथि धारणा राख्न चाहेका नेतालाई नाम टिपाएका आधारमा पालैपालो बोल्न दिइएको थियो। बैठकको प्रारम्भमा सम्बोधन गर्दै अध्यक्ष दाहालले बैठकको आवश्यकता, राजनीतिक तथा सांगठनिक प्रतिवेदनका सन्दर्भमा धारणा राखेका थिए। माओवादीमा जम्बो केन्द्रीय समिति (४०७) जनाले पार्टी संगठन, स्वरुपबारे आ–आफ्ना विचार अभिव्यक्त गर्नेछन्।

यसअघि १९–२५ असार २०७९ सम्म माओवादीको केन्द्रीय समितिको तेस्रो बैठक बसेको थियो। त्यसयता बैठक बस्न सकेको थिएन। पार्टी अध्यक्ष प्रचण्डको नेृत्वमा वर्तमान सरकार गठन भएपछि गत २६ माघमा ‘भर्चुअल’रूपमा केन्द्रीय समिति बैठक बसेको थियो। माओवादी केन्द्रले २०७८ पुसमा आठौँ महाधिवेशन गरेको थियो।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीबारे बैठकमा छलफल भइरहेको छ। बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

प्रकाशित: २०८० साउन १८ गते बिहिबार ०६:५४
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना