काठमाडौँ– इलेक्ट्रिक गाडी ओरा ०३ ईभी किन्दा ८० प्रतिशतसम्म कर्जा सुविधा पाइने भएको छ। गाडी विक्रेता भीजी ईम्पेक्स प्रालिले प्रमु बैंक लिमिटेडसँग जिडब्लुएमका इलेक्ट्रिक गाडी ओरा ०३ ईभीको बिक्रीका लागि फाइनान्सिङ सम्झौता गरेको हो।
सम्झौतामा भीजी ईम्पेक्सका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र प्रभु बैंक लिमिटेडका चिफ बिजनेस अफिसर रेनुप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन्।
जिडब्लुएमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी खरीद गर्न चाहने ग्राहकहरुलाई प्रभु बैंकले १२.०६ प्रतिशत ब्याजदरमा अटो कर्जा प्रदान गर्नेछ। यसको नियमित अधिकतम कर्जा अवधि ५ वर्ष हुने तर विशेष अवस्थामा ७ वर्षसम्म बढाउन सकिने भीजीले जानकारी दिएको छ। यसमा ०.७५ प्रतिशत प्रशासन शुल्क लाग्ने बैंकले जानकारी दिएको छ।
जिडब्लुएम नेपालले हाभल एच६, हाभल जोलायन, पावर, विङ्गल५ जस्ता मोडलका गाडी नेपालमा लोकप्रिय छन्।


