काठमाडौँ- जापानी ब्रान्ड सुजुकीका दुई नयाँ एसयुभी गाडी जिम्नी र फ्रोन्क्स साउन २२ देखि नेपाली बजारमा उपलब्ध हुने भएका छन्। कम्पनीको आधिकारिक बिक्रेता सीजी होल्डिङले साउन २२ मा यी दुवै गाडीको अनावरण हुने र सोही दिनदेखि नेपालका सबै सुजुकी शोरुममा गएर हेर्न र टेस्ट ड्राइभ गर्न सकिने जानकारी दिएको हो।
नेपालका लागि सुजुकी ब्राण्डका चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्ट जेनले असार २९ गते देखि नै खुल्ला गरिसकेको छ। जिम्नी मोडलको सुरुवाती मूल्य रू. ५९ लाख ९९ हजार र फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजारबाट सुरु हुने सीजीले जानकारी दिएको छ।
५ ढोका भएको सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा रुचाइएको गाडी हो। सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ। यो एसयूभी एक समर्पित उन्नत ४ ह्विल्ड डब्लु डीप प्रणाली, अल ग्रिप प्रोसंग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र ३ लिंक रिजिड एक्सल सस्पेन्सन जस्ता अफ–रोड सुविधाहरू समावेश गर्दछ। अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीले २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश छन्।
नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रित एसयूभी हो। ‘द फेस अफ न्यु एसयूभी’ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक छ। प्रिमियम डिजाइन, नया युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुबिधाहरुले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरुको लागी सम्पूर्ण माग आपूर्ति गर्ने बिश्वास कम्पनीले लिएको जनाएको छ।


