काठमाडौँ– हुन्डाई गाडीका लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘व्लिस अफ चेन्ज’ एक्सचेन्ज अफर ल्याएको छ। बिहीबारदेखि लागू हुनेगरी ल्याइएको योजनामा ग्राहकले ५ लाखसम्मको नगद छुट, १ लाख ५० हजारसम्मको एक्सचेन्ज बोनस र २५ हजारसम्मको एसेसरिज पनि प्राप्त गर्न सक्ने बताइएको छ।
कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको विश्वसनीय इन्धनयुक्त वा विद्युतीय गाडी लिएर जान सकिने कम्पनीले जनाएको छ। कम्पनीले काठमाडौं अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रा.लि, आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिङ्ग अटोमोबाइल इन्टरप्राइजेज् गरी ५ एक्सचेन्ज पार्टनर्ससँगको सहकार्यमा उक्त योजना ल्याएको हो।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १७ शोरुम, १९ सर्भिस सेन्टर र ४३ चार्जिङ प्वइन्टमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।


