काठमाडौँ- नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेकी छन्। मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेकी हुन्।
राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड र राजदूत डेप्रेजबीच नेपाल–इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको थियो।
प्रधानमन्त्रीसँग राजदूत नोनाले द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
उनीहरुबीच नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धलगायतका विषयमासमेत छलफल भएको बताइएको छ।


