२०८३ कार्तिक १४ गते शुक्रबार

५ बुँदे सहमति उपेन्द्रलाई भारी, देउवालाई भेटेर पोखे गुनासो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २४
Upendra_Yadav1

काठमाडौँ– गौर हत्याकाण्डका पीडित र सरकारबीच भएको ५ बुँदे सहमतिलाई लिएर जनता समाजवादी पार्टी हच्किएको छ। मंगलबार दिउँसो सरकार र पीडितबीच भएको ५ बुँदे सहमतिका विषयमा जसपाले असन्तुष्टि व्यक्त गरेको हो।

सरकार र पीडितबीचको सहमतिपछि जसपा अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दौडधुपलाई तिव्र बनाएका छन्। ५ बुँदै सहमति लगत्तै यादवले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर यादवले पेल्न खोजिएको गुनासो गरेका थिए।

२०६३ चैत ७ गते भएको हत्याकाण्डको पुनः छानबिन गर्ने सहमति सरकार र पीडितपक्षबीच भएको छ। यो घटनासँग तत्कालीन मधेसी जनअधिकार फोरम हालको जसपा जोडिएको छ। जसका कारण अध्यक्ष यादव समस्यामा पर्न सक्छन्। सरकार र पिडित पक्षबीच भएको सहमति पछि यादवले सरकार छाड्ने संकेत गठबन्धनमा गरिसकेका छन्।

जसपाले सरकार छाड्ने संकेत गरेपछि बुधबार बिहान कांग्रेस र माओवादीबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेससभापति देउवा लगायतका नेताहरुले यसबारेमा छलफल गरेको बुझिएको छ।

गौर हत्याकाण्डमा भारतीय गुण्डा ल्याएर फोरमले गौरको राइसमिल क्षेत्रमा माओवादीको सभामा आक्रमण गरेको आरोप लाग्दै आएकोछ । यो विषयमा छानबिन गर्ने सहमति गरेर अप्ठ्यारोमा पार्न खोजिएको बुझाइ यादवको छ।

के थियो घटना?
२०६३ सालमा जारी भएको अन्तरिम संविधानको विरोध गर्दै उपेन्द्र यादवले मधेसमा आन्दोलन गरेका थिए। ०६३ साल चैत २८ गतेका लागि संविधानसभा निर्वाचनको मिति तोकिएको थियो। त्यसअगावै २०६३ माघ १ गते अन्तरिम संविधान माइतीघरमा च्यातेर यादवले आन्दोलन घोषणा गरेका थिए।

आन्दोलनकै क्रममा गौर हत्या काण्ड घटेको थियो। त्यो काण्डमा यादव संलग्न रहेको आरोप लागिरहेको छ। रौतहटमा अझै पनि यादवलाई कारबाही गर्नुपर्ने माग राख्दै आन्दोलन हुने गरेको छ।

जसपाले सरकार छाड्ने संकेत गरेपछि बुधबार बिहान कांग्रेस र माओवादीले गौर घटनाका पीडितसँग भएको सहमतिबारे छलफल गरेका छन्।

घटना घटेको भोलिपल्टै तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री कृष्णबहादुर महरासहितको टोली गौर पुगेको थियो। पुनरावेदन अदालतका न्यायधीशको नेतृत्वमा छानबिन समितिले गौर हत्याकाण्ड राजनीतिक प्रतिशोधसहितको नियोजित घटना भनेको थियो। घटनामा संलग्न को-को संलग्न थिए भनेर अझै खुलेको छैन।

जसपा स्रोतका अनुसार अध्यक्ष यादवले कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार सिंहदरबारमा भेटेका थिए। देउवासँगको भेटमा यादवले आफूलाई अप्ठ्यारोमा पार्न खोजिएको बताएका थिए।

अहिले जसपाको कार्यकारिणी समितिको बैठक पार्टी मुख्यालय बालकुमारीमा जारी छ। ७ चैत २०६३ मा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो। गौरको राइसमिल क्षेत्रमा भएको झडपमा २३ जना माओवादी कार्यकर्ता मारिएका थिए।

प्रकाशित: २०८० साउन २४ गते बुधबार ०२:५३
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना