२०८३ कार्तिक १४ गते शुक्रबार

नेम्वाङको दाबी-पहिचानका मुद्दाको नेतृत्व एमालेले गरेको हो

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, साउन २५
subas nembang (1)

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले समावेशी तथा पहिचानको पक्षमा भएका आन्दोलनको नेतृत्व नेकपा एमालेले गरेको दाबी गरेका छन्। बिहीबार लोकतान्त्रिक आदिवासी जनजाती महासंघले च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालले भाषा, धर्म, जाती र समुदायको हितमा व्यवहारमै देखिने गरी काम गरेको दाबी गरे।

उनले भने ‘ढुक्क सँग, छाती फुकाएर, शिर ठाडो पारेर हामीले भने हुन्छ समावेशिताको पहिचानको यी सम्पूर्ण आन्दोलन अभियानको नेतृत्व एमालेले गर्छ, गरेको छ । यसमा कुनै पनि तुलाना हुन सक्दैन्।’ भिन्न–भिन्न जाती,भाषा,धर्म,समुदायका जनताको हितमा एमालेले दृढतापूर्वक उभिएको भन्दै उनले पहिचान र समावेशीताको पक्षमा सर्तबन्दी नगर्ने तर्क गरे। उनले भने, ‘नेकपा एमाले सर्तबन्दी गर्दैन,यो देशका विविध भाषा, धर्म, जाती समुदायका जनताको हितमा नेकपा एमाले जहिले सुकै दृढतापूर्वक उभिएको छ। आउने दिनहरुमा पनि दृढतापूर्वक उभिन्छ। यसले आफ्नो व्यवहारबाट काम कारवाहीबाट यो कुरा स्थापित गरेको छ ।’

त्यस्तै उनले नेकपा एमालेकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रदेखि धर्म निरपेक्षता र समावेशीता सहितको संविधान निर्माण गरिएको र पार्टीले पनि सबैलाई एकताबद्ध बनाएर लगेको जिकिर गरे। ‘धर्म निरपेक्षता कसको नेतृत्वमा घोषणा भयो, आयोगको महासन्धि अघि चर्चा चल्दै थियो कसको नेतृत्वमा नेपालले त्यसलाई अनुमोदन गर्‍यो, आदिवासी जनजाति सम्बन्धी घोषणा पत्रमा कसको भूमिका छ ? हाम्रो नेतृत्व पहल र प्रयासमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशीता सहितको समाजवाद उन्मुख संविधान जारी भयो । अब हामीले अरु धेरै भनिरहनु पर्छ र? त्यसलाई कार्यान्वयन गर्नका लागि हामी लाग्यौ।’ उनले भने। आदिवासी जनजातिको मुद्दामा एमालेले जति काम कसैले नगरेको उनको दाबी छ।

‘किँरातहरुको महागुरु फाल्गुनन्दलाई हाम्रो नेतृत्व, पहल र प्रयासमा राष्ट्रिय विभुति बनायौं । यति भइसकेपछाडि यो देशलाई सबै जाती, भाषा, धर्म,समुदायका जनतालाई एकताबद्ध बनाएर अगाडि बढ्ने कुरामा एमालेले जत्तिको योगदान आउने दिनमा कसैले गर्न सक्दैनन्। किनभने धेरै महत्वपूर्ण काम हामीले गरिसकेका छौं,’ उनले भने।

प्रकाशित: २०८० साउन २५ गते बिहिबार ०३:३३
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना