काठमाडौं– सत्तारुढ कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ।
लोत्से हलमा बस्ने बैठकमा पछिल्लो समय एमालेबाट भइरहेको संसद् अवरोध, सदनमा विचाराधीन टीआरसीलगायत विधेयक, नयाँ विधेयकलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।
बैठकमा कांग्रेसको संसद्मा भूमिका, डेंगु, लम्पीस्किन, अवैध सुन बरामद प्रकरण, बाढीपहिरो, सांसद सुनील शर्मा पक्राउ प्रकरणमाथि छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको भनाइ छ।
बैठकका एजेन्डा बिहीबार बसेको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले तय गरेको हो।


