काठमाडौं- नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सदन अवरुद्ध गर्नुको राज के हो? भन्दै प्रतिपक्षी दल नेकपा एमालेलाई प्रश्न गरेका छन्। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद देवले लामो समयदेखि देशको संसद अवरुद्ध हुनु चिन्ताको विषय भएको बताए ।
‘के को लागि अवरुद्ध छ ? अवरुद्ध गर्ने दल र साथीहरुलाई म प्रश्न गर्न चाहन्छु। आज मिडिया पल्टाएर हेर्नुस, वुद्धिजीवीहरुको कुरा सुन्नुस, अन्य दलका कुरा सुन्नुस्। तपाईहरु दिन प्रतिदिन अवरुद्ध गर्ने मामलामा खिइदै जानु भएको छ। के को लागि यो हुँदै छ ? के राज छ? के रहस्य छ ?,’ उनले भने
यदी सदन अवरुद्ध ,विघटन र निस्क्रिय हुन्छ भने ‘डेमोक्रेसी स्लिप’हुने दिशामा जाने उनको भनाइ थियो ।


