काठमाडौं– विगत केही समयदेखि वाणिज्य बैंकहरुले भद्र सहमतिमा ब्याजदर निर्धारण गरिरहेका थिए। भद्र सहमति अनुरुप बैंकहरुको ब्याजदरमा एकरुपता आइरहेका बेला अघिल्लो महिना देखि सबै वाणिज्य बैंकहरु ब्याजदर निर्धारणमा स्वतन्त्र छन्।
गत साउन महिनादेखि वाणिज्य बैंकहरुको ब्याजदर फरक–फरक रहेको थियो। बैंकहरुले भाद्र महिनाको लागि व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ताका लागि फरकफरक ब्याजदर प्रकाशन गरेका छन्।
२० वटा वाणिज्य बैंकहरुले प्रकाशन गरेको ब्याजदरलाई हेर्ने हो भने अन्य बैंकहरुले जारी गरेको ब्याजदर भन्दा ग्लोबल आइएमई बैंकको ब्याजदर बढी रहेको छ।
ग्लोबल आइएमई बैंकले भाद्र महिनाका लागि व्यक्तिगत निक्षेपमा अधिकतम् वार्षिक १०.८९६ प्रतिशत र संस्थागतमा अधिकतम् वार्षिक ९.३९६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
वैदेशिक रोजगारीमा गएकाहरुको कमाइ बैंकिङ्ग माध्यमबाट नेपालमा ल्याउन महत्वपूर्ण योगदान गरिरहेको ग्लोबल आइएमई बैंकले बचत तथा मुद्दती तर्फ अन्य बैंकहरुले प्रकाशन गरेको ब्याजदर भन्दा उच्चतम् ब्याजदर दिने भएको छ।
सामान्यतया बैंकहरुले रेमिट्यान्स निक्षेपमा अन्य निक्षेपको ब्याजदर भन्दा १ प्रतिशत धेरै दिइरहेका छन् तर ग्लोबल आइएमई बैंकले अन्य निक्षेपमा भन्दा २ प्रतिशत धेरै दिनेगरी ब्याजदर निर्धारण गरेको छ। रेमिट्यान्स तर्फ बचत निक्षेपमा वार्षिक ९.९६६ प्रतिशत र मुद्दती निक्षेपमा वार्षिक ११.८९६ प्रतिशत रहेको छ।
बैंकहरुको प्रकाशित ब्याजदरलाई हेर्ने हो भने बैंकको विभिन्न बचत निक्षेप योजनाहरुमा पनि उच्चतम् ब्याजदर देखिन्छ।
बैंकको सबै नेपालीको बचत खाता तथा सोचे जस्तै बैंक खातामा वार्षिक ७.९६६ प्रतिशत र ग्लोबल रेमिट बचत खातामा वार्षिक ९.९६६ प्रतिशत प्रकाशित गरेको छ। यसरी हेर्दा स्वदेश तथा बिदेशमा बसोबास गर्नेहरुले ब्याज आम्दानी वृद्धि गर्ने हो भने ग्लोबल आइएमई बैंकमा बचत गर्दा उपयुक्त हुने देखिएको छ।
मुद्दती निक्षेपतर्फ ३ महिना वा सो भन्दा धेरै अवधि भएका मुद्दती योजनाहरुमा ग्लोबल आइएमई बैंकले वार्षिक १०.८९६ प्रतिशत ब्याजदर प्रकाशित गरेको छ । उक्त मुद्दती योजनामा प्रकाशित ब्याजदर अन्य वाणिज्य बैंकहरुले प्रकाशित गरेको मध्य उच्चतम् ब्याजदर हो।
संस्थागत निक्षेप तर्फ पनि बैंकले प्रकाशित ब्याजदर अन्य वाणिज्य बैंकहरुले प्रकाशित ब्याजदर मध्य अधिकतम् नै देखिन्छ। न्यूनतम् ६ महिना वा सो भन्दा बढि अवधि भएको संस्थागत निक्षेपमा वार्षिक ९.३९६ प्रतिशत प्रकाशित गरेको छ।
बैंकिङ्ग क्षेत्रमा आउने निक्षेपहरुमा बैंकको ब्याजदरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ। निक्षेपकर्ताहरुले उपलब्ध ब्याजदरहरु मध्य धेरै ब्याजदर प्रदान गर्ने वित्तीय संस्था रोजाइमा राख्ने गरेको देखिन्छ। बचतकर्ता महानुभावहरुको लागि पनि उपलब्ध ब्याजदरहरु मध्यबाट उच्च ब्याजदर प्रदान गर्ने बैंकमा निक्षेप राख्ने हो भने ब्याज आम्दानी धेरै हुन्छ।
साथै, बैंकहरुले भाद्र महिनाको लागि प्रकाशित गरेको ब्याजदरलाई मध्य नजर गर्दा भाद्र महिनामा ग्लोबल आइएमई बैंकमा धेरै निक्षेपकर्ताहरुको आकर्षण हुने देखिन्छ।


