काठमाडौँ- पहिलो संस्करणको मेरो भ्वाइस युनिभर्समा सिक्किमका प्रितम राई विजेता बनेका छन्। शनिबार राति प्रसारण भएको फाइनलमा विजेता बनेसँगै उनले नगद रु एक करोड रुपैयाँ नगद प्राप्त गरेका छन्। जोय पपया सन र हिमालय निम फेसवासका तर्पबाट आकर्षक गिफ्ट र सलिको (सगरमाथा लाइफ इन्स्योरेन्स)को तर्फबाट १४ लाखको बिमा पनि प्राप्त गरेका छन्।
प्रतियोगितामा फर्स्ट रनर अप बनेका शिशिर ठटालले नगद रु ३० लाखको चेक प्राप्त गरे। सेकेन्ड रनर अप शरद हुमागाईँले नगद रु २० लाख प्राप्त गरे। थर्ड रनर अप परेश राईले ५ लाख रुपैयाँ हात पारे।
प्रतियोगितामा फोर्थ रनर अप बनेका नेपालका नेसन सुस्लिङ मगरले ५ लाख प्राप्त गरे। प्रतियोगितामा थर्ड रनर अप बनेका स्वस्तिक अर्यालले नगद रु ५ लाख हात पारेका थिए। प्रतियोगितामा साइराज खाती फोर्थ रनर अप बने।
थाइल्यान्डबाट आएकी खुशी कार्की पहिलो संस्करणको मेरो डान्स युनिभर्सकी विजेता बनेकी छन्। शनिबार राति प्रसारण भएको फाइनलमा विजेता घोषित भएसँगै खुशीले नगद रु एक करोड रुपैयाँ नगद पनि प्राप्त गरेकी हुन्।

उनलाई जोय पपया सन र हिमालय फेसवासका तर्पबाट आकर्षक गिफ्ट र सलिकोको तर्फबाट १४ लाखको बिमा प्रदान गरिएको छ।
प्रतियोगिताको फर्स्ट रनर अप बनेका देवी गर्बुजामगरले नगद रु ३० लाखको चेक प्राप्त गरिन्। सेकेन्ड रनर अप मिङ्मा डी लेप्चालेले नगद रु २० लाख प्राप्त गरेका छन्।
प्रतियोगितामा फोर्थ रनर अप बनेका नेपालका नेसन सुस्लिङ मगरले ५ लाख प्राप्त गरे। प्रतियोगितामा थर्ड रनर अप बनेका स्वस्तिक अर्यालले नगद रु ५ लाख हात पारे।
कल्चरल डान्सतर्फ नेपाल प्रहरीको टिम प्रथम भएको छ। उसले नगद रु २० लाख पाएको छ। कल्चरल डान्समा भारती पिक्चर्स ग्रुप सेकेन्ड रनर अप भएर नगद रु ५ लाख प्राप्त गरेको छ। कल्चरल डान्समै फर्स्ट रनर अप बनेको धरान नृत्यकला प्रतिष्ठानले नगद रु १० लाख पाएको छ।
यसका साथै थुप्रै व्यक्ति तथा संस्थाले विजेताहरूलाई नगद तथा जिन्सी उपहार प्रदान गरेका थिए। विजेताहरूलाई परराष्ट्रमन्त्री एनपी साउदले माला पहिराइदिएका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रफी प्रदान गरे। मेरो डान्स युनिभर्स प्रतियोगिता आयोजक इन्ट्रा फाउन्डेसन डिल्ली अधिकारीले विजेतालाई पुरस्कार बमोजिमको चेक हस्तान्तरण गरे। यस्तै फूलको गुच्छा ऊर्जामन्त्री शक्ति बस्नेतले प्रदान गरी सम्मान गरेका थिए।
प्रतियोगिताको ग्रान्ड फिनाले तथा पुरस्कार वितरण समारोहमा सहभागी हुन सिक्किम सरकारमा कृषिमन्त्री लोकनाथ शर्मा काठमाडौँ आएका थिए।
थप तस्बिर:






