२०८३ कार्तिक १४ गते शुक्रबार

कोसीका मुख्यमन्त्री उद्धव थापाको परीक्षण हुँदै, सत्तापक्ष र विपक्षीले भत्काए राजनीतिक ‘इमान’

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, भदौ ४
uddhav_thapa
दोस्रोपल्ट मुख्यमन्त्रीको सपथ लिँदै उद्धव थापा। फाइल तस्बिर

काठमाडौं– कोसी प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर प्रदेशसभामा कुल ९२ संख्यामध्ये ४७ बहुमतसहित पुनः प्रदेशमा मुख्यमन्त्रीको दोस्रो कार्यभार सम्हालेका उद्धव थापाले आज विश्वासको मत लिँदै छन। गत १६ साउनमा मुख्यमन्त्री नियुक्त थापाले १३ भदौभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधानअनुसार आज प्रदेशसभामा विश्वासको मत लिने मिति तोकिएको हो। ।
सभामुखको हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री भएका थापाको सरकारलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि कोसीको राजनीति धमिलिन थालेको हो। मुख्यमन्त्री थापाले गठबन्धनको सरकार बचाउन सभामुखबाटै राजीनामा दिएका गौतमलाई पुरस्कारस्वरुप मन्त्री बनाए। सभामुखविहीन कोसी प्रदेशसभामा उपसभामुख एमालेकी सिर्जना दनुवार छन्। सरकारलाई ४७ संख्या बहुमतमा राखिराख्न मुख्यमन्त्री थापाले उपसभामुख दनुवारले राजीनामा दिने चर्चा चलिरहेका बेला ८० वर्षीय वयोवृद्ध प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई ३१ साउनमा कृषि राज्यमन्त्रीमा नियुक्त गरे। प्रदेशसभाका ज्येष्ठ सदस्य मण्डललाई
राज्यमन्त्रीमा नियुक्त गरेर विपक्षीलाई लोप्पा खुवाएका मुख्यमन्त्री थापाको रणनीतिलाई फेल गराउन एमाले र राप्रपाले प्रदेशसभा सञ्चालन गर्नुपर्ने ज्येष्ठ सदस्यहरुलाई विश्वास मत लिने बेला अनुपस्थित बनाउने रणनीति लिएका छन्।
उपसभामुखले राजीनामा दिए ज्येष्ठ सदस्य भएका कारण मण्डलले प्रदेशसभा बैठक सञ्चालन गर्नुपर्ने र विश्वासको मत लिँदा नपाउने अवस्था हटाउन मुख्यमन्त्री मण्डललाई राज्यमन्त्री नियुक्त गरे पनि उनीपछिका ७२ वर्षीय एमाले सांसद रोहितबहादुर कार्की पनि आज प्रदेशसभामा बिदा बसेका छन्।
यसअघि सरकार बनाउन सभामुखको हस्ताक्षर प्रयोग गरेको, सभामुखलाई राजीनामा दिन लगाएको र प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्री बनाएको आरोप लगाउँदै एमाले र राप्रपाले उपसभामुखदेखि ज्येष्ठ सदस्यसम्मलाई अनुपस्थित गराउने भएका हुन।्
केन्द्रमा निरन्तर सदन अवरोध गरेर आलोचनाको केन्द्रमा पर्दै आएको एमाले र उसलाई साथ दिएको राप्रपाले कोसी प्रदेशमा सत्ता पक्षलाई विश्वासको मत लिन नदिने, लिए पनि संख्या पुग्न नदिने बाटो समाएका छन्।
पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता हिक्मत कार्की सत्तापक्षले सरकार टिकाउन सभामुखलाई राजीनामा गराएको र ज्येष्ठ सदस्यलाई राज्यमन्त्रीमा नियुक्त गरेकाले आफूहरुले पनि सोही बाटो पछ्याएको बताउँछन्। सत्तारुढले सरकार बचाउन चालेको कदमलाई प्रतिपक्षले छेक्न खोजेको उनको दाबी छ।
उनले भने, एमाले विधि र पद्धतिबाहिर जाँदैन। संसदीय विधिअनुसार अघि बढ्छ। सत्तापक्षले कल, बल, छल सबै हत्कण्डा प्रयोग गरिरहेको छ।’
प्रदेशसभामा सत्ता गठबन्धन कांग्रेस २९, माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन्। एमाले उपसभामुखसहित ४० र राप्रपाका ६ सांसद छन्।
थापा १६ साउनमा दोस्रोपल्ट मुख्यमन्त्री नियुक्त भएका थिए। थापा पहिलोपल्ट एमाले नेतृत्वको सरकारलाई हटाएर २१ असारमा मुख्यमन्त्री बनेका थिए। थापाले मुख्यमन्त्री दाबी गर्दा प्रदेश सभामुख गौतमको हस्ताक्षर प्रयोग गरेपछि सर्वोच्च अदालतले मुख्यमन्त्री पद बदर गरिदिएको थियो।
उपसभामुख दनुवारले बैठक सुरु हुने बेलासम्म राजीनामा दिने डरमा सत्तापक्ष छ।
प्रदेशसभा सचिवालयका अनुसार एमाले र राप्रपाका ज्येष्ठ सांसदले आइतबारै सचिवालयमा बिदा मागेका छन्। प्रदेशसभामा एमाले र राप्रपाका ज्येष्ठ सांसदले बिदा मागेपछि सभा चलाउन सत्तारुढ दलका सांसद आवश्यक पर्नेछ। एमालेका रोहितबहादुर कार्की (७१), मालतीकुमारी लिम्बू (६७), रामप्रसाद महतो (६७), तारादेवी ढकाल (६६), खड्गबहादुर बस्नेत (६७), किशोरचन्द्र दुलाल (६५) र ज्ञानेन्द्र सुवेदी (६४) ले भोलिको बैठकमा अनुपस्थित हुने सूचना प्रदेशसभा सचिवालयमा दिएका छन्।
मुख्यमन्त्री थापालाई विश्वासको मत लिनबाट रोक्ने योजनाअनुसार उनीहरु प्रदेशसभामा अनुपस्थित हुन लागेको बुझिएको छ। एमालेबाहेक राप्रपाका अम्बरबहादुर विष्ट (६८) र गोपालबहादुर विश्वकर्मा (६५) पनि भोलिको बैठकमा उपस्थित नहुने जानकारी गराएका छन्।
सत्तापक्षले सरकार टिकाउन सभामुख र ज्येष्ठ सदस्यलाई प्रयोग गरेपछि एमाले र राप्रपाले उपसभामुखदेखि ज्येष्ठ सदस्यसम्मलाई अनुपस्थित गराउन लागेका हुन्।
कोसीमा दोस्रो प्रदेशसभाको आठमहिने अवधिमा तीन वटा सरकार गठन भइसके पनि बहुमत नहुँदा निर्वाचन सन्निकट देखिएको छ।

प्रकाशित: २०८० भदौ ४ गते सोमबार ०८:३४
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना