बहुप्रतिक्षित फिल्म ‘जवान’का माध्यमबाट सुपरस्टार शाहरुख खान विश्वभरका फ्यान र दर्शकलाई ठूलो सरप्राइज दिन गइरहेका छन्। फिल्मको प्रिभ्यू र गीतका माध्यमबाट ‘जवानले’ समर्थकको मन जितिसकेको छ।
फिल्मको एक्सन सिक्वेन्स पनि यादगार रहने निर्माण पक्षको दाबी छ। ‘जवान’को एक्सन सिनलाई भव्य बनाउन ‘टप क्यास एक्सन’ निर्देशकको टोली नै हायर गरेको थियो। जसमा ६ जना चर्चित एक्सन निर्देशक समावेश छन्। स्पिरो रजाटोस, यानिक बेन, क्रेग म्याक्रे केचा खम्फाकडी, सुनील रोड्रिग्स र अनल आरसुले यो फिल्मको एक्सन सिक्वेन्समा काम गरेका छन्। उनीहरुले विश्वस्तरका उत्कृष्ट फिल्ममा काम गरेका छन्।
‘जवान’ मा हेड टु हेट कम्व्याट, रेमाञ्चक बाइक सिक्वेन्स, ट्रक र कारवाला खतरनाक एक्सन सिक्वेन्स समावेश छन्। यी एक्सन सिक्वेन्स फिल्मको कहानीको अभिन्न हिस्सा हुन्। यी ६ जना एक्सन निर्देशकको संयुक्त कामका कारण ‘जवान’ एक उत्कृष्ट एक्सन फिल्म बनेको दाबी निर्माण पक्षले गरेको छ।
‘द फास्ट एन्ड द फ्यूरियस’, ‘क्याप्टेन अमेरिका’ लगायतका केही हलिउड ब्लकबस्टर फिल्ममा काम गरेका स्पिरो रजाटोसले यसअघि शाहरुखको फिल्म ‘रा वन’ मा समेत काम गरेका थिए। ‘रा वन’मा प्रयोग भएको भिएफएक्स र एक्सन निकै रुचाइएको थियो।
यानिक बेनले हलिउडका साथै तेलुगु र हिन्दी फिल्ममा समेत एक्सन निर्देशककारुपमा काम गरिसकेका छन्। ‘टान्सपोर्टर ३’, ‘डनकर्क’ लगायतका फिल्ममा उनले काम गरेका छन्। यस्तै हिन्दी फिल्म ‘रईस’, ‘टाइगर जिन्दा हे’ लगायतमा समेत उनले काम गरेका छन्।
मेड म्यासले ‘फ्यूरी रोड’ र ‘एभेन्जर्सः एज अफ अल्टोन’ जस्ता चर्चित फिल्ममा काम गरेका छन्। केचा खम्फकडी एक अंग्रेजी स्टन्ट निर्देशक हुन्। उनले कन्नड, मलयालम, हिन्दी, तालिम, अंग्रेजी र तेलुगु फिल्म इन्डस्ट्रीमा काम गरेका छन्। उनले ‘थुप्पाक्की’, ‘बाहुबली २: दल कन्क्लूजन’ र ‘बागी २’ मा काम गरेका छन्। उनले २०१८ मा ‘बाहुबली २’ का लागि सर्वश्रेष्ठ एक्सन निर्देशको राष्ट्रिय फिल्म अवार्ड समेत जितेका थिए।
सुनील रोड्रिग्स एक्सन सिनको निर्माण, प्राविधिक डिजाइन, निर्देशन र उत्पादनमा माहिर मानिन्छन्। उनले ‘शेरशाह’, ‘सूर्यवंशी’ र पठान जस्ता सुपरहिट फिल्ममा शानदार एक्सन सिन निर्देशन गरेका छन्।
अनल अरासू भारतीय एक्सन मास्टर र कोरियोग्राफर हुन्। जसले तामिल, तेलुगु, मलयालम र हिन्दी फिल्म इन्डस्ट्रीमा काम गरेका छन्। उनले ‘सुल्तान’, ‘कैथी’ र ‘किक’ जस्ता फिल्ममा एक्सन निर्देशन गरेर लोकप्रियता हासिल गरेका थिए।
जवान एटलीद्वारा निर्देशित र गौरी खानद्वारा निर्मित ‘जवान’ रेड चिलिज इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्म हो। यो फिल्म सेप्टेम्बर ७ मा हिन्दी, तामिल र तेलुगु भाषामा विश्वभर प्रदर्शनमा आउनेछ।
–बलिउड हंगामाबाट


