२०८३ कार्तिक १३ गते बिहिबार

बैंकका सीईओसँग गभर्नरले भने- नआत्तिनुस्, तपाईंहरुभन्दा माथि राष्ट्र बैंक छ

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १४
maha
गभर्नर महाप्रसाद अधिकारी। फाइल तस्बिर

काठमाडौं- वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुसँग राष्ट्र बैंकका अधिकारीहरुले ४ घण्टा लामो डिनर मिटिङ गरेका छन्। होटल याक एन्ड यतिमा भएको उक्त छलफलमा राष्ट्र कैँकले बैंकका सीईओहरुलाई ढाडस दिएको बताइएको छ।

छलफलमा सीईओहरूलाई आफ्ना समस्या राख्न समय दिइएको थियो। घरेलु साना तथा मझौला उद्योग व्यवसाय, सिमेन्ट तथा छड उत्पादक, पर्यटन र निर्माणलगायतका क्षेत्रहरु समस्यामा रहेकाले बैंकहरुमा खराब कर्जा बढेको बैंकका सीईओहरूले बताएका थिए। यी क्षेत्र सहज हुनसाथ बैंकको खराब कर्जा घट्ने बताउँदै उनीहरुले निश्चित अवधिका लागि कर्जाको पुनर्संचरना गर्न आग्रह गरेका थिए।

यसैगरी, आगामी आर्थिक वर्षबाट काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा आउने भएकाले पुँजी बढाउनका लागि पनि उनीहरु जोड दिएका थिए। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरोधी गतिविधि बढेको भन्दै यसका बारेमा पनि उनीहरुले छलफल गरेको राष्ट्र बैंक स्रोत बताउँछ।

‘बैंकका सिइओलाई बोल्न दिएको हो। उनीहरुलाई आफ्ना समस्याहरु निर्धक्कसँग राख्न आग्रह गरिएको थियो। उनीहरुले विशेषगरी एसएमई, पर्यटन, निर्माण, सिमेन्ट तथा छड उत्पादक समस्यामा रहेकाले कर्जाको पुनरसंचना गरिदिन र बढ्दो बैंक विरोधी गतिविधिबारे कुरा राखेका थिए,’ स्रोतले भन्यो।

जवाफमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले नै आतिहाल्नुपर्ने अवस्था नरहेको बताएका थिए। उनले बैंकरको कुरा मात्रै सुनेर कुनै पनि नीतिगत निर्णयको संकेत भने गरेका थिएनन्। यद्यपि, चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षाको पूर्वसन्ध्यामा बैंकरसँग छलफल भएकाले राष्ट्र बैंकले केही नीतिगत निर्णय गर्ने संकेतको रुपमा बुझ्नुपर्ने राष्ट्र बैंकका अधिकारी बताउँछन्।

गभर्नर अधिकारीले बैंकरहरुलाई ढाडस दिँदै गत वर्षको तुलनामा खराब कर्जा बढेपनि आतिहाल्नुपर्ने अवस्था नरहेको बताएका थिए। बैंकविरोधी घट्नाप्रति संकेत गर्दै यस्ता गतिविधि निरन्तर रुपमा अगाडि बढेमा राष्ट्र बैंक कठोर रूपमा प्रस्तुत हुने आश्वासन गभर्नर अधिकारीले बैंकर्सलाई दिएका थिए। तरलता बढ्दा थालेपछि कर्जा सहज हुने र अतिवाश्यक क्षेत्रमा कर्जा प्रवाह गर्नबाट राष्ट्र बैंकले नरोक्ने भएकाले अहिले पुँजी बढाउन आवश्यक नरहेको गभर्नर अधिकारीले बताएका थिए।

उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनपछि बजारमा तरलता बढ्ने संकेत समेत गभर्नर अधिकारीले गरेका थिए।

‘तपाईंहरुभन्दा बढी चिन्ता राष्ट्र बैंकलाई छ। नआतिनुहोस्, तपाईहरूभन्दा माथि राष्ट्र बैंक छ। हामी समग्र पक्षको विश्लेषण गरेर नीति ल्याउँछौं। खराब कर्जा केही मात्रामा बढेपनि हामी दक्षिण एसियामा राम्रो अवस्था नै छौं,’ गभर्नरलाई उद्धृत गर्दै स्रोतले भन्यो।

प्रकाशित: २०७९ चैत १४ गते मङ्गलबार ०९:२८
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना