काठमाडौं– रेखा फिल्म्स र कपनगढ़ी सिनेमाको तर्फबाट निर्माण हुने नेपाली ‘उपहार द जर्नी अफ लाइफ’ को शुभारम्भ भएको छ।
विहीबार पशुपतिनाथमा पूजा गरेर फिल्म ‘उपहार द जर्नी अफ लाइफ’ को शुभारम्भ गरिएको हो। यो लभस्टोरी र सोसल ड्रामामा आधारित फिल्म हो।
उपहारको भदौ ११ गतेबाट औपचारिक छायांकन सुरु हुनेछ। ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने चलचित्रमा रेखा थापा, बेनिशा हमाल, पुजा शर्मा, मुकुन भुसाल, तेज गिरि, समर्पण जंग कार्की, शिशिर राना, अंशु थापालगायतको मुख्य भूमिका रहने छ।
चलचित्रमा अर्जुन पोख्रेल र बाबुल गिरिको संगीत कविराज गहतराजको नृत्य निर्देशन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, देव गुरुङको सम्पादन, ईश्वर घिमिरेको प्रोडक्सन, बिष्णु कल्पित र फिल्म क्रू नेपाल टिमको छायांकन रहने छ।


