२०८३ कार्तिक १२ गते बुधबार

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण, बनाए यस्ता रेकर्ड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ८
trump_mugshot
जेल राख्नका लागि तयार गरिएको ट्रम्पको फोटो।

जर्जिया (अमेरिका)- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मसमर्पण गरेका छन्। शुक्रबार जर्जियाको फुल्टन काउन्टी जेल पुगेर ट्रम्पले आत्मसपर्पण गरेका हुन्। सन् २०२० को राष्ट्रपति निर्वाचन हार्ने निश्चित भएपछि आपराधिक क्रियाकलाप गरी परिणाम उल्ट्याउने प्रयास गरेको अभियोगमा ट्रम्पले आत्मसमर्पण गरेका हुन्।

ट्रम्पले अमेरिकालाई जालसाजी गर्न षड्यन्त्र गरेको, राजकीय प्रक्रिया रोक्न षड्यन्त्र गरेको, राजकीय प्रक्रिया रोकेको/रोक्न खोजेको र अमेरिकी नागरिकको अधिकारविरूद्ध षड्यन्त्र गरेको आरोप लागेको थियो।

जेलबाट मुक्त हुनका लागि उनले २ लाख अमेरिकी डलर तिर्नुपरेको थियो। जेलबाट मुक्त हुन धरौटी रकम तिर्नुपरेपछि उनले आफूमाथि ठूलो षड्यन्त्र भएको र नागरिकका रूपमा आफूले पाउनुपर्ने न्यायमाथि कुठाराघात भएको जिकिर गरेका थिए।

पछिल्लो ५ महिनामा मात्र उनी ४ पटक पक्राउ परेका थिए। ट्रम्पले यसरी अदालतमा आत्मसमर्पण गरेको पनि यो चौथो पटक हो। जेलबाट मुक्त भएपछि ट्रम्पले सामाजिक सञ्जाल एक्स (ट्विटरको नयाँ नाम)मा लेख्दै निर्वाचनमा धाँधली गरेको विषयमा कहिल्यै पनि आत्मसमर्पण नगर्ने उल्लेख गरेका छन्। सन् २०२१ को जनवरी महिनापछि पहिलो पटक उनी ट्विटरमा लेख्नका लागि आएका हुन्। राष्ट्रपति पदबाट मुक्त भएपछि उनले पहिलोपटक ट्विट गरेका हुन्।

ट्रम्पको जेलमा राखिने आधिकारिक तस्बिर (मगसट) पनि सार्वजनिक भएको छ। बीबीसीका अनुसार अमेरिकी इतिहासमा पूर्वराष्ट्रपतिको मगसट सार्वजनिक भएको यो पहिलो पटक हो।

अमेरिकाको इतिहासमा चुनावी नतिजा उल्ट्याउन प्रयास गरेको अभियोग पूर्वराष्ट्रपतिमाथि लागेको यो पहिलो घटना हो।

ट्रम्पविरूद्ध पूर्वपोर्न स्टारसँगको सम्बन्धलाई लुकाउन पैसा दिएको, राष्ट्रपति कार्यालयका राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य दस्तावेज आफैँसँग राखेकोलगायत विषयमा पनि अनुसन्धान भइरहेको छ।

सन् २०१६ मा अमेरिकाको राष्ट्रपति निर्वाचित भएका ट्रम्प सन् २०२० मा पनि रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका थिए। ट्रम्पलाई डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले पराजित गरेका थिए। चुनावमा हारेपनि ट्रम्पले आफ्नो पराजयलाई सहजै स्वीकारेका थिएनन्।

सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटल हिलमा चुनावी नतिजाको औपचारिक घोषणा हुने दिन ट्रम्पका समर्थकहरूले हिंसा भड्काएका थिए। उक्त घटनामा ५ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए।

प्रकाशित: २०८० भदौ ८ गते शुक्रबार ११:२४
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना