काठमाडौँ- रुस्लानले ‘रुस्लान स्टुडियो’को सुरुवात गरेको छ। भदौ ६ गते एक कार्यक्रमको आयोजना गरी कम्पनीले ‘रुस्लान स्टुडियो’को सुरुवात गरेको हो। यसको शृंखला जारी रहनेछ।
कार्यक्रमा नेपालभरका ५० भन्दा बढी लोकप्रिय कलाकार र संगीतकारहरूको प्रस्तुति हुनेछ। रुस्लान स्टुडियोको मुख्य उद्देश्य यसअघि नसुनेका धुनका केही लोकप्रिय ट्रयाकहरुमा परीक्षण गरी कलाकार र संगीतकारहरूलाई आफ्नो सांगीतिक फ्युजन र गतिशीलता प्रस्तुत गर्नेछन्।
‘रुस्लान स्टुडियो’मा शुशान्त केसी, द एक्स ब्यान्ड, स्वप्न सुमन, मिस्टर डी, त्रिशला गुरुङ, सुनिल पण्डित, कुटुम्ब, एकदेव लिम्बु, समिर श्रेष्ठ, झुमा लिम्बु, द एलिमेंट्स, महेश काफ्ले, अनिल सिंह, इमर्ज ब्यान्ड, व्योमा, फोसील, मनिष गन्धर्ब, दिवस गुरूंग, आकाश खड्का, कमल खत्री, आनन्द कार्की, राजा राजेन्द, केंजल मेहर श्रेष्ठ, एएसएम कलाकारहरुको प्रस्तुति रहने कम्पनीले जनाएको छ।
जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ब्रान्ड म्यानेजर श्रयकृष्ण श्रेष्ठले आगामी दिनमा रुस्लान र संगीतको सम्बन्धलाई अझ दरिलो बनाउने उदेश्यका साथ रुस्लान स्टुडयोको सुरुवात गरिएको बताए।
रुस्लान स्टुडियोको सुरुवातले रुस्लान ब्रान्ड र ग्राहकको सम्बन्ध अझ अटुट बनाउने उनको विश्वास छ। उनका अनुसार रुस्लान स्टुडियोको पहिलो एपिसोडमा शुशान्त केसीको प्रस्तुति रहने छ।







