काठमाडौं– हुलास वायर इण्डष्ट्रिज लिमिटेडले ‘संवद्र्धन समारोह’ सम्पन्न गरेको छ । गत भदो ८ गते इटहरी स्थित सोल्टि वेष्टनमा आफ्नो कम्पनीले कार्यक्रम सम्पन्न गरेको हो ।
बिगत लामो समयदेखि प्रख्यात ब्राण्डलाई अझ सुदृढ र परिस्कृत गर्दै लैजाने विश्वासका साथ भब्य समारोहका बिच कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको प्रमुख आतिथ्यमा हुलास वायर ‘संवर्धन समारोह’ भब्य रूपमा सम्पन्न भएको हो ।
उक्त अवसरमा बिभिन्न श्रेणीमा कार्यरत विशिष्ट अतिथिहरुका साथै उलेख्य मात्रामा पत्रकार समुह तथा हुलास वायर इण्डष्ट्रिजमा कार्यरत तथा पुराना दक्ष कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
हुलास वायरका ब्राण्ड एम्बेस्डर क्याप्टेन विजय लामा, कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, हुलास वायरका अध्यक्ष श्रीमती राजलक्ष्मी गोल्छा, तथा प्रबन्ध निर्देशक युक्ति गोल्छाले हुलास वायरको लोगो तथा विज्ञापन को भिडियो सामुहिक रुपमा रिमोटद्वारा स्विचिङ गरि समारोहको उद्घाटन गरे । कम्पनीका ब्राण्ड एम्बेस्डर क्याप्टेन विजय लामाले कम्पनी सँगको सहकार्य बारे बोल्दै आफ्नो मन्तब्य व्यक्त गरेका थिए ।
सो कार्यक्रममा लामो समयदेखि कम्पनीमा आबद्ध संघ संस्था एवं हुलास वायरका सदस्यहरुलाई अध्यक्ष श्रीमती राजलक्ष्मी गोल्छा, प्रमुख अतिथि मुख्यमन्त्री उद्धव थापा, ब्रान्ड एम्बेस्डर क्याप्टेन विजय लामा, एमडी युक्ति गोल्छा द्धारा स–सम्मान कदरपत्र वितरण गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाद्धारा हुलास वायर इण्डष्ट्रिजलाई आगमी दिनमा कम्पनीको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए ।


