काठमाडौं– नेपालकै लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने उद्धेश्यले देशका विभिन्न शहरहरुमा ‘गोल्डेन ओक कमेडी यात्रा’ गर्ने भएको छ ।
दर्शकहरुलाई खित्का छाड्दै हसाउँने अनि उफ्रि उफ्रि नचाउँने सोचका साथ गोल्डेन ओकद्वारा आयोजित यस कमेडी यात्रामा ख्यातिप्राप्त कलाकारहरु जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की, शिव शंकर रिजाल र कार्यक्रम सञ्चालक राधिका कंडेललगायतले सम्पूर्ण दर्शकहरुका लागि मनोरञ्जन र कमेडीको अविस्मरणीय प्रस्तुती गर्नेछन ।
यो ‘गोल्डेन ओक कमेडी यात्रा’ अन्र्तगत हेटौडामा भाद्र १६ गते, जनकपुरमा भाद्र १७ गते, लालबन्दीमा भाद्र १८ गते, लहानमा भाद्र १९ गते र चन्द्रपुरमा भाद्र २० गते कार्यक्रम आयोजना गरिएको छ ।


