माराकेस (मोरोक्को)- मोरक्कोमा शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको १ हजारभन्दा पुगेको छ। भूकम्पमा परी घाइते हुनेको संख्या यकिन नभएपनि उनीहरूको उद्धार कार्य जारी रहेको बीबीसीले जानकारी दिएको छ। उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्ने अनुमान छ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार मोरक्कोको माराकेसबाट ७१ किलोमिटर दक्षिण-पश्चिमस्थित हाई एटलस माउन्टेनलाई केन्द्रबिन्दु बनाएर शनिबार ६.८ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु पृथ्वीको सतहभन्दा १८.५ किलोमिटर रहेको बताइएको छ।
भूकम्पको धक्काबाट थुप्रै भवन तथा भौतिक संरचना भत्किएका छन्। कतिपय भत्किएका भवनमा मानिसहरू पुरिएर रहेको हुनसक्ने आकलन गरिएको छ।
भूकम्पबाट ठूलो संख्यामा मानिसहरू घाइते भएपछि उपचारको क्रममा रगत अभाव भएको छ। सयौँ मानिस रक्तदानका लागि लामबद्ध छन्।
मोरक्कोमा भूकम्पपछि सुनामीको खतरा औँल्याएको छैन। भूकम्पपछि दर्जनौं परकम्प गइरहेका छन्।
सन् २००४ मा शक्तिशाली भूकम्प जाँदा ६२८ जनाको मृत्यु भएको थियो। त्यस्तै १९६० को शक्तिशाली भूकम्पमा १२ हजारको ज्यान गएको थियो।


