काठमाडौँ– राष्ट्रिय वाणिज्य बैंकले ईभी कर्जा अफर लन्च गरेको छ। चाडपर्वको सिजन पारेर बैंकले बिजुली गाडी किन्नेहरूका लागि अफर ल्याएको हो।
भाद्र २६ गते देखि लागु हुने गरी यो अफर ल्याइएको बैंकले जानकारी दिएको छ। ‘यो वर्षको फेस्टिभ जोन, आर.वि.वि.को ई.भि. सोन’ भन्ने नाराको अफर लन्च गरिएको बैंकले जानकारी दिएको छ।
यो अफरमा ९.९५ प्रतिशत ब्याजदर तोकिएको छ। यो ब्याज प्रतिस्पर्धी बैंकका प्रतिस्पर्धी स्किममध्यै सबैभन्दा न्यून भएको बैंकको दाबी छ।
०.२५ प्रतिशत प्रोसेसिङ शुल्क लाग्ने अफरमा लागत मूल्यको २० प्रतिशत भुक्तानी गरे पुग्ने बैंकले जानकारी दिएको छ। अधिकतम कर्जा सीमा १ करोड कायम गरिएकव छ भने बैंकले आदेश दिएको १५ दिनभित्र कर्जा लिई सक्नुपर्ने बैङ्कले जानकारी दिएको छ।


