काठमाडौँ- लोक तथा दोहोरी गीत गायन रियालिटी शो ‘दोहोरी आइडल’को भोटिङ पार्टनर ईसेवा बनेको छ। दोहोरी आइडलको भोटिङ पार्टनरका रूपमा आफ्नो कम्पनी जोडिएको जानकारी गराएको हो।
दोहोरी/दोहोरी गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन सुरु हुने तयारीमा छ। डिजिटल अडिसन सकिएको आयोजकले जनाएको छ।
प्रतिस्पर्धाको निर्णायकमा पुरुषोतम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहनेछन्। नेपालमा पहिलोपटक लिग स्तरीय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए।
डिएआर मुभिजले गर्न लागेको रियालिटी शो ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोश्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन्।
दोहोरी आइडलको छिट्टै नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए। दोहोरी आइडललाई डिएआर मुभिजले अन्तरराष्ट्रिय फर्म्याटमा पनि दर्ता गरिसकेको धितालले जनाए।


