२०८३ कार्तिक १२ गते बुधबार

भारत र क्यानडाबीच ‘कूटनीतिक वार’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २
TrudeauVsModi
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो (पछिल्तिर) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। तस्बिर : एपी

नयाँदिल्ली- क्यानडाले भारतीय कूटनीतिज्ञलाई देशनिकाला गरेपछि भारतले पनि क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई देशनिकाला गरेको छ। ती कूटनीतिज्ञलाई भारत छोड्न ५ दिनको समय दिइएको छ।

भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारतले क्यानाडाली कूटनीतिज्ञलाई निष्कासन गरेको छ। क्यानडाका उच्चायुक्तलाई आज बोलाएर भारत सरकारको यो निर्णयबारे जानकारी गराइएको छ।’ सम्बन्धित कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छोड्न भनिएको छ।

‘यो निर्णयले हाम्रो आन्तरिक मामिलामा क्यानाडाली कूटनीतिज्ञहरूको हस्तक्षेप र भारत विरोधी गतिविधिहरूमा उनीहरूको संलग्नतामा भारत सरकारको बढ्दो चिन्तालाई प्रतिबिम्बित गर्दछ,’ उनले भनेका छन्।

यसअघि भारतीय विदेश मन्त्रालयले भारतस्थित क्यानाडाली उच्चायुक्तलाई बोलाएको थियो। क्यानडाका उच्चायुक्त क्यामरुन म्याकी नयाँदिल्लीको साउथ ब्लकस्थित विदेश मन्त्रालयको मुख्यालय पुगेका थिए।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीपसिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाएका थिए। भारतीय विदेश मन्त्रालयले क्यानडाको यो आरोपलाई अस्वीकार गरेको छ।

यसै वर्षको जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित गुरुद्वारा बाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो।

ट्रुडोले सोमबार क्यानडाको संसदमा भनेका थिए, ‘क्यानाडाली एजेन्सीहरूले निज्जरको हत्यामा भारत सरकारको हात हुनसक्ने देखिएको छ।’ क्यानडाका प्रधानमन्त्रीले जी-२० सम्मेलनमा पनि प्रधानमन्त्री मोदीसँग यो मुद्दा उठाएको बताएका थिए।

ट्रुडोले क्यानडाको संसदमा भने, ‘हाम्रो देशको भूमिमा क्यानाडाली नागरिकको हत्याको पछाडि विदेशी सरकारको हात हुनु अस्वीकार्य छ र यो हाम्रो सार्वभौमसत्ताको उल्लङ्घन हो। यो लोकतान्त्रिक, स्वतन्त्र र खुला समाजहरू सञ्चालन गर्ने आधारभूत नियमहरूको विरुद्ध हो।’

क्यानडाका विदेशमन्त्री मेलानी जोलीले सोमबार भारतीय कूटनीतिज्ञ पवनकुमार राईलाई यस प्रकरणको अनुसन्धानका कारण निष्कासन गरिएको बताएकी थिइन्।

यसबारे भारतीय विदेश मन्त्रालयले यस विषयमा विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी क्यानडाका प्रधानमन्त्रीले आफ्नो संसदमा दिएको भनाइ र उहाँको विदेशमन्त्रीको भनाइलाई अस्वीकार गर्छौं। क्यानडामा हुने कुनै पनि हिंसात्मक कार्यमा भारत सरकारको संलग्नताको आरोप आधारहीन छ।’

विधिको शासनप्रति दृढ प्रतिबद्धता भएको लोकतान्त्रिक देश भारत भएको कुरा पनि भारतले क्यानडालाई सम्झाएको छ।

प्रकाशित: २०८० असोज २ गते मङ्गलबार १२:२२
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना