काठमाडौं– युवा संगीतकार अविनाश राईको ‘म्वाई खाइदेउ न ओठमा’ गीतको भिडियो सार्वजनिक भएको छ। राईले आफ्नो युट्युब च्यानल ‘अभि क्रियशन’ मार्फत म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।
राईले संगीत भरेको गीतमा प्रविन बेडुवाल र पवित्रा गुरुङले स्वर दिएका छन्। गीत भने तिलक श्रेष्ठले लेखेका हुन्। पेशाले निजामती कर्मचारी राई सांगीतिक क्षेत्रमा निकै सक्रिय छन्।
उनले करिब दुई दर्जन गीतमा संगीत भरेका छन्। उनले केही गीतमा आवाज दिएका छन्। राई भोजपुर नगरपालिका–५ का वडा सचिव समेत हुन्।


