२०८३ कार्तिक ११ गते मङ्गलबार

पोर्नस्टारसँग जोडिएपछि ट्रम्पले खेप्दैछन् फौजदारी मुद्दा, पैसा दिएर चुप लगाएको आरोप

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २०
trump vs porn star
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प र स्टर्मी डेनियल्स। तस्बिर : एपी

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा चल्न भएको छ। न्यूयोर्कको म्यानहेटन ग्रान्ड जुरीले आइतबार ट्रम्पमाथि मुद्दा चलाउने निर्णय गरेको हो।

ट्रम्प सन् २०१६ को राष्ट्रपति चुनावभन्दा पहिला पोर्न स्टारसँग अफेयरमा रहेको र उनलाई चुप लगाउन पैसा दिएको आरोप छ। योसँगै फौजदारी अभियोगमा मुद्दा खेप्ने पहिलो अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प दर्ज हुने भएका छन्।

न्युयोर्क टाइम्सका अनुसार ट्रम्पलाई यो मुद्दाका विषयमा जानकारी दिइसकिएको छ। उनका वकिललाई ४ अप्रिलसम्म म्यानहेटन कोर्टमा ट्रम्पलाई ‘सरेन्डर’ गराउन भनिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफूमाथि लगाइएका सबै आरोप झुटो भएको दाबी गर्दै आइरहेका छन्।

पोर्न स्टारले किताबमा गरेकी थिइन् यस्तो खुलासा
१. पोर्न स्टारलाई पैसा दिएर चुप गराएको मुद्दा सन् २००६ को हो। त्यतिबेला डोनाल्ड ट्रम्प एक रियल स्टेट कम्पनीका कारोबारी थिए। पोर्न स्टार स्टर्मी डेनियल्स त्यतिबेला २७ वर्षकी थिइन् र ट्रम्पको उमेर ६० वर्ष थियो। जुलाई २००६ मा एउटा गल्फ टुर्नामेन्टमा स्टर्मी र ट्रम्पको भेट भएको थियो।

स्टर्मी।

२.स्टर्मीले आफ्नो किताबमा फूल डिस्क्लोजरमा यस भेटलाई प्रस्ट्याएकी छन्। उनका अनुसार जब ट्रम्पसँग भेट भयो तब उनकी तेस्री श्रीमती मेलेनियाले छोरा बेरनलाई जन्म दिएकी थिइन्। बेरनको जन्म भएको ४ महिना मात्र भएको थियो।

३.ट्रम्पको बडीगार्डले उनलाई एउटा नयाँ स्टारको पेन्टहाउसमा डिनरको लागि बोलाएका थिए। किताबमा, उनले ट्रम्पसँग बनेको सम्बन्ध र शारीरिक बनावटको पनि चर्चा गरेकी छन्। यसपछि दुबैबिच अफेयर सुरु भएको खुलासा पुस्तकमा छ।

४. सन् २०१६ मा राष्ट्रपति चुनावभन्दा ठीक पहिले ट्रम्पले स्टर्मीलाई चुप बस्नको लागि पैसा दिएको आरोप छ। ट्रम्पका वकिलले पनि यस कुरालाई स्वीकार गरेका थिए। ती वकिलले ट्रम्पको तर्फबाट पोर्न स्टारलाई १ लाख ३० हजार (करिब १ करोड ७ लाख रुपैयाँ) दिएको बताइएको छ।

५. ट्रम्पका तर्फबाट पोर्न स्टारलाई दिएको रकमबारे जनवरी २०१८ मा स्ट्रिट जर्नलले उल्लेख गरेका थिए। यसको आधारमा ट्रम्पमाथि फौजदारी मुद्दा चलाउन लागिएको हो। 

ट्रम्पको ‘सरेन्डर’पछि के हुन्छ ?
न्युयोर्क टाइम्सका अनुसार ट्रम्पविरुद्ध अदालतमा मुद्दा दायरको लागि आवश्यक कागजपत्र पेस गरिएको छ। यसमा कसलाई आरोप लगाएको छ, उनी किन आरोपका सामना गर्दैछन् र उनीहरुले कानुन कसरी तोडे भन्ने उल्लेख छ। अमेरिकाका हरेक व्यक्तिलाई तबसम्म निर्दाेष मानिन्छ जबसम्म उसको अपराध सावित हुँदैन।

सरेन्डरपछि ट्रम्पमाथि सबै कानुनी प्रक्रिया लागू हुनेछ। रेकर्डको लागि उनको फिंगरप्रिन्ट र फोटो लिइन्छ। तर उनलाई हतकडी नलगाइने वा लगाइने विषयमा जानकारी दिइएको छैन।

अमेरिकाको पूर्व राष्ट्रपति हुनाले मेनहटन कोर्टसम्म पुगुन्जेल उनीसँग अमेरिकी गुप्तचर निकायका हतियारधारी एजेन्ट रहनेछन्।

ट्रम्पको मुद्दा फैसला आउन केही महिना लाग्न सक्छ। मङ्गलबार सम्भावित सरेन्डर र पेसीपछि उनीमाथि लागेका मुद्दाका विषयमा स्पष्टीकरण चल्नेछ।

मुद्दा चले पनि फैसला नआउन्जेल ट्रम्पलाई चुनाव लड्न कानुनी अड्चन छैन। तर फौजदारी मुद्दालाई मध्यनजर गर्दै रिपब्लिकन पार्टीले उनलाई उम्मेदवार नबनाउन सक्ने केहीको आकलन छ।

मलाई फसाउँदै छन् डेमोक्रेट्सः ट्रम्प
मुद्दाको घोषणाको केहीबेरपछि ट्रम्पले डेमोक्रेटहरूले फसाउन खोजेको आरोप लगाएका छन्। ‘डेमेक्रेट्सले यसभन्दा पहिला पनि मलाई फसाउनको लागि कति पटक झुटो बोल्ने र धोका दिने काम गरिसकेका छन्, तर यसपटक उनीहरुले एक निर्दाेषमाथि आरोप लगाएका छन्। त्यस्तै उनीहरूले आफ्नो समर्थकबाट मुद्दा लड्नको लागि पैसा उपलब्ध गराउन अपिल गरेका छन्,’ ट्रम्पको भनाइ छ।

ट्रम्प

ट्रम्पले आफ्नो चुनावी क्याम्पेनबाट २ मिलियन डलर (१६ करोड ४२ लाख रुपैँया) जम्मा गरिसकेका छन्। यसभन्दा पहिला ट्रम्पले १८ मार्चमा ४ दिनपछि आफ्नो गिरफ्तारीको गलत भविष्यवाणी गरेका थिए।

न्युयोर्कमा प्रदर्शनबाट छुटकाराको तैयारी
न्युयोर्कमा पछिल्लो एक हप्ताभन्दा लामो समयदेखि ट्रम्पको आत्मसमर्पणलाई लिएर विभिन्न टीकाटिप्पणी चलिरहेको छ। मिडटाउनमा ट्रम्प टावर र लोअर मेनहेटनमा ‘क्रिमिनल कोर्ट्स’को भवनमा मेटल ब्यारियर्स लगाइएको छ। पुलिसकर्मीहरु पुरै सहरमा पहरा दिइरहेका छन्। साथै ट्रम्पको मुद्दालाई लिएर प्रदर्शन भयो भने त्यसको सामना गर्ने तयारी भइरहेको छ। न्युयोर्क पुलिस विभागका सबै उच्च अधिकारीलाई शुक्रबार जसरी पनि ड्युटीमा आउन भनिएको छ।

ट्रम्प २०२४ मा हुने राष्ट्रपति चुनावको तयारी भने यथावत राखेका छन्। अघिल्लो वर्ष चुनावमा उठ्ने घोषणा गरिसकेका उनले केही दिन पहिले टेक्ससमा र्‍याली पनि गरेका थिए।

ट्रम्पविरुद्ध चल्ने मुद्दालाई लिएर ह्वाइटहाउसको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन। तर उनका समर्थक र रिपब्लिकन पार्टीका कार्यकर्ताहरुले यसलाई राजनीतिबाट प्रेरित भनेका छन्। ट्रम्पको कार्यकालको बीचमा उपराष्ट्रपति रहेका माइक पेन्सले सीएनएनसँग कुरा गर्दै भन्छन्, ‘यस्तो कारबाहीले देश बाड्ने काम गर्ने छ।’

डेमोक्रेटिक पार्टीका मानिस भन्छन्, ‘यसले साबित भयो कानुनको अगाडि सबै बराबर हुन्छ।’ रोयटर्सको पछिल्लो हप्ताको एक पोलका अनुसार, ४४ प्रतिशत रिपब्लिकन  ट्रम्पमाथि फौजदारी मुद्दा चल्यो भने उनी चुनावबाट टाढा हुनुपर्छ भन्ने मान्यता राख्छन्।

ट्रम्पका पूर्व वकिल माइकल कोहेन भन्छन्, ‘मलाई २०१६ मा चुनावको केही समय पहिले चुप बस्नको लागि १ लाख ३० हजार डलर (करीब १ करोड ७ लाख रुपैया ) दिएका थिए। तर ट्रम्पले डेनियल्ससँग यौन सम्बन्धको  आरोपको खारेज गरेका छन्। उनी भन्छन्, ‘यो मामिला राजनीतिबाट प्रेरित छ।’

(दैनिक भाष्करमा प्रकाशित यो सामग्री राम चौलागाईंले भावानुवाद गरेका हुन्।)

प्रकाशित: २०७९ चैत २० गते सोमबार ०७:५४
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना