२०८३ कार्तिक १३ गते बिहिबार

कौसीद’ हरेक नेपालीको आफ्नै जीवन भोगाईको कथा होः निर्देशक कुमार भास्कर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १८
kausid

काठमाडौं-  पछिल्लो समय नेपालमा खुला मनोरञ्जनमात्र नभएर आयातन बोकेका कथामा फिल्म बन्ने क्रमले तिब्रता पाइरहेको छ। नेपाली समाजको माटो बोल्ने, समुदायका हरेक मानिसहरूको वास्तविकता बोल्ने विषयवस्तुले नेपाली फिल्ममा ठुलो हिस्सा लिँदै आएका छन्।

पछिल्लोपटक नेपालमा सर्वाधिक चर्चामा रहेका दुई विषय बने ‘मिटरब्याज पीडीतहरूको आन्दोलन’ र विधालय शिक्षकहरूको आन्दोलन। दुबै विषय नेपाली समाजको ग्राउण्ड जिरोसँग सम्बन्धित थिए। सरकारबाट आफ्ना समस्या सुनुवाई नहुँदा होस् या गरिबीको चपेटामा परेकाहरूलाई छलाएर तथाकथित माथिल्लो स्तर देखाउनेहरूले रकम ब्याजमा लगाएर घरबार नै उठाएको अवस्थामा, पीडीत पक्षले सडक ततायो सरकार सुनुवाईको लागि तयार भयो।

माथि उल्लेखित प्रसङ्ग यहि असोज २६ बाट दर्शकमाझ आउन लागेको फिल्म ‘कौसीद’सँग सिधा सम्बन्धित छन्।

दुई बर्ष पहिले नै निर्माण सम्पन्न भएर हाल रिलिजको लागि तयार भएको यो फिल्मले तत्कालिन समयमा नै यो विषय उठान गरेको थियो। निर्देशक कुमार भास्कर आफ्नो फिल्मले हरेक नेपालीको आफ्नै जीवन भोगाईको कथा बोल्ने बताउँछन्। बैङ्कको ब्याज तिर्न नसकेर छटपटिएको एक शिक्षकको कथालाई फिल्मले उठाएको छ। भास्कर भन्छन्, ‘युवा हुनै पर्ने, चकलेटी हुनैपर्ने, हिरोइनसँग लभ पर्नेपर्ने नेपाली फिल्मको पुरानो ट्रेण्ड छोडेर ४५ बर्षको पात्र पनि फिल्मको प्रमुख पात्र हुनसक्छ, दैनिक संघर्ष गरेरै पनि परिवार धान्न बाध्य पात्रले पनि फिल्मलाई ‘लिड’ गर्नसक्छ भनेर भोलाराज सापकोटा र उहाँको अपोजिटमा प्रफेक्ट म्याचिङमा अभिनेत्री ऋचा शर्मालाई लिएका हौँ।’

पछिल्लो समय नेपालमा चलिरहेको मूभमेन्ट आफ्नो फिल्मले उठाएकै विषयवस्तु रहेको भास्करले बताए। समाजमा धेरै समस्याहरू कोहि बोल्न नसकेर लुकेका छन्, कोहि बोल्न खोज्दा पनि सुनिदिने निकायले नसुनेर दबिएका छन्, तिनी र त्यस्तै कथाको नेपाली समाजको जीवन्तता बोल्ने फिल्म नै ‘कौसीद’ रहेको भनाई उनको छ। त्यसो त अघिल्लो बर्ष नै फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक हुँदा यो फिल्मले मिडिया र सोसियल मिडियामा चर्चा कमाएको थियो। यसअघि सार्वजनिक ट्रेलरले पनि सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। रिलिजको मिति नजिकिँदै गर्दा प्रचार प्रसारमा भेटिएका भास्करले आफ्नो फिल्म एकपटक हेर्दा नेपाली समाजको यथार्थता आँखामा झल्किने बताए। ‘फिल्मले दर्शकलाई आफुसँग, आफ्नो परिवारसँग र समाजको घटनासँग जति ‘रिलेट’ गर्छ त्यति नै दर्शकलाई आत्मिय लाग्छ, उनि भन्छन्, ‘सोहि अनुसार यो फिल्मले पनि समाजका हरेक सामान्य वर्गीय परिवारको आफ्नै कथा रहेको महसुस गराउँछ।’

प्रकाशित: २०८० असोज १८ गते बिहिबार १२:५१
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना