काठमाडौं– नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीबीच इन्गेजमेन्ट भएको छ। शुक्रबार दुबईमा रहेकी अलिजेह र आयुसबीच इन्गेजमेन्ट भएको हो ।
आयुष र जमालीले आ–आफ्ना टिकटक एकाउन्टबाट इन्गेजमेन्टबारे जानकारी दिएका छन् । एकअर्काले औंठी लगाइदिएको दृश्य भिडियोमा देख्न सकिन्छ । जमालीका आफन्त पनि समारोहमा उपस्थित भएर नाचगान गरिरहेको देख्न सकिन्छ ।
‘मुझे मेरी रानी मिलेगी’ क्याप्सनसहित आयुषले भिडियो पोस्ट गरेका छन् । मालीले पनि लेखेकी छिन्, ‘प्रमिस रिङदेखि इन्गेजमेन्ट रिङसम्म ।’
नेपालका आयुष र पाकिस्तानकी जमाली टिकटक लाइभबाट जोडिएका हुन् । टिकटकमा आयुसको ८ लाख फलोअर्स छन् भने जमालीको टिकटकमा १५ लाख फलोअर्स छन् ।


