२०८३ कार्तिक ११ गते मङ्गलबार

को हुन् मेनुका जसले इन्डियन आइडलका दिग्गज निर्णायक रुवाइन्?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २१
shreya

काठमाडौँ- भारतीय गायन रियालिटी शो इन्डियन आइडलको १४औँ संस्करण जारी छ। आइडलको अडिसनमा नेपाली गायिका मेनुका पौडेल पनि पुगेकी छन्।

अडिसनमा पौडेलले ‘तुम्हारे बिना हमरा कोनो नही’बोलको क्लासिकल भजन गाएर सबै दिग्गज निर्णायकलाई रुवाइन्।

मेनुकाले गीत गाउँदै गर्दा निर्णायक एक गायिका श्रेया घोसाल भक्कानिएकी थिइन्। उनको प्रस्तुतिलाई निर्णायक श्रेया, विशाल डिडलानी र कुमार सानुले उठेर स्टान्डिङ अवेसन दिएका थिए।

‘हामी संगीतकार जुन कुरालाई पुज्छौं नि, त्यो आज आँखा अगाडि देखिरहेका छौं। म जुन चिजलाई पुज्छु त्यो तिमी आफैं हौँ,’ निर्णायक विशाल डिडलानीले भने, ‘श्रेया रोइरहेकी छिन् । म रोइरहेको छु । यसको मतलब हामीले संगीतलाई आज मनैदेखि सरी भन्नुपर्छ।’

श्रेयाले आफूहरूभित्रको संगीतप्रतिको स्पष्टता र निर्दोशिता जगाइदिएको बताइन्। मेनुकालाई धन्यवाद दिँदै आशिसले थपे, ‘तिमीले मेरो लागि धेरै काम गरिदियौ। आजको दिनदेखि म जुन संगीत बनाउँछु, त्यो फरक हुनेवाला छ। जसको कारण तिमी हौँ।’

अन्तिममा श्रेयाले थपिन्, ‘तिमी के हौ, तिमी आफैंलाई थाहा छैन मेनुका। यही कारण मलाई मजा आयो। मलाई लाग्दैन कि यस इन्डियन आइडलमा कसैले पनि यति राम्रोसँग गाएको छ।’

यसपछि तीनै जजहरू स्टेजमा गएर मेनुकालाई गोल्डेन माइक दिए।

२०५५ सालमा झापा हल्दिबारीमा जन्मिएकी मेनुका २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन्।

सामान्य परिवारमा जेठी छोरीका रुपमा जन्मेकी उनको दृष्टिमा समस्या छ। बाबुआमाले उनको आँखाको उपचारका लागि प्रयास गरेपनि सफल भएन।

अन्ततः ४ वर्षकी भएपछि मेनुकालाई बुवाले झापा गह्रामुनीमा रहेको दुर्गा माविको होस्टलमा लगेर राखिदिए। जहाँ उनीजस्तै दृष्टिविहीन बालबालिकाले आश्रय लिइरहेका थिए। घरबाट एक घन्टाको दुरीमा रहेको यही होस्टलको चौघेरामा मेनुकाको बाल्यकाल बित्यो।

मेनुका पढाइमा जेहेन्दार थिइन्। सहयोगीले प्रश्न पढिदिन्थे, उनी मुखले जवाफ दिन्थिन् र सहयोगीले त्यसलाई कापीमा उतारिदिन्थे।

चार वर्षको उमेरमा बाबुसँग होस्टेल छिर्दा नै मेनुकाले हार्मोनियमको गुञ्जन सुनेकी थिइन्।  त्यहाँ रहेका विद्यार्थीहरुलाई संगीत सिकाइँदो रहेछ। मेनुकालाई बिस्तारै संगीतले लठ्याउँदै लग्यो। उनी संगीतमै रमाउन थालिन्, यसमै आफूलाई भुलाउन थालिन्। ७ वर्षको उमेरमै उनले हार्मोनियम बजाउन सिकिन्।

मेनुकाले एसएलसी फर्स्ट डिभिजनमा पास गरिन्। आँखा देख्ने कैयन पढाईमा उनीभन्दा पछि परे। एसएलसी उत्तीर्ण भएसँगै आफूले १२ वर्ष बिताएको होस्टेलबाट उनी बिदा भइन्।

पछि काठमाडौँ आएर सिर्जन कलेज अफ फाइन आर्ट्समा भर्ना भइन्। यसअघि नै संगीतकार सुभाषचन्द्र ढुंगेलको अन्तर्वार्ता सुनिसकेकी उनले पछि उनलाई भेट गरिन्। यसले उनलाई नेपाली संगीतका साधकहरूसँग संगतको वातावरण बनाइदियो।

पछि रेडियो नेपालमा राष्ट्रिय गायन प्रतियोगितामा उनी प्रथम भएकी थिइन्।

त्यसपछि २०७४ उनले भाग लिइन्, नेपाल आइडलमा। जहाँ उनी टप ११ सम्म पुगेर पब्लिक भोटका आधारमा आउट भइन्।

यो प्रतियोगिताले उनलाई देशभर चिनाएको थियो।

 २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन्।

एकपछि अर्को गर्दै उपलब्धिका सिँढी चढिरहेकी मेनकाको सांगीतिक यात्राले उडान लिइरहेको छ।

प्रकाशित: २०८० असोज २१ गते आईतबार १०:१९
प्रतिक्रिया

थप समाचार

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...

१५ वर्षपछि दशैँ गीतमा सुरेश अधिकारीको ‘कमब्याक’, चल्ला पुरानै जादु?

दशैँका अवसरमा वर्षौँदेखि गुञ्जिँदै आएका ‘चरीररि रै...’ र ‘हो दशैँ आयो’ जस्ता लोकप्रिय गीतका सर्जक अधिकारीले लामो समयपछि नयाँ दशैँ गीतमा संगीत दिएका हुन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना