२०८३ कार्तिक १२ गते बुधबार

५० अंकले बढ्यो नेप्से

 |  रासस
Sanket

रासस

काठमाडौँ, फाल्गुण २५
nepal stock

धितोपत्र बजारमा सेयर सूचक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५०.०४ अङ्कले बढेर २ हजार २.७० अङ्कमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.२७ अङ्कले बढेर तीन सय ७९.५० मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहको सेयर मूल्यमा नै आज वृद्धि भएको छ ।

विभिन्न कम्पनीका ४५ लाख ६६ हजार ४३ कित्ता सेयर रू एक अर्ब ५६ करोड ५५ लाख ५८ हजार ८०२ मूल्यमा खरिद बिक्री भएका छन्। आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब १ अर्ब ३१ करोड ७२ लाख ३८ हजार २२२ पुगेको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। कम्पनीको रु सात करोड ८५ लाख ८८ हजार तीन सय १७ बराबरको कारोबार भयो हिमालयन डिस्टिलरी रु पाँच करोड ७३ लाख १७ हजार दुई सय ७१, अरुण काबेली पावर रु चार करोड ७६ लाख ४६ हजार ६८८,नवील बैंक रु ३ करोड ५७ लाख ८५ हजार दुई सय सात र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले रु ३ करोड ४० लाख ६६ हजार ४९९ बराबरको कारोबार भई शीर्ष ५ भित्र परेका छन् ।

नेप्सेका अनुसार शुभम् पावर ९.९८, नेपाल इन्स्योरेन्स कम्पनी ९.४४, शिव श्री हाइड्रोपावर ८.५२, अभियान लघुवित्त ७.५९ र जोशी हाइड्रोपावरको सेयर मूल्य ७.४३ प्रतिशतले बढेको छ ।

त्यस्तै, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ ५.८१, प्राइम बैंकको ऋणपत्र १.९९,सिटिजन म्युचुअल फन्ड पहिलो १.८७, सिटिजन म्युचुअल फन्ड दोस्रो १.७९ र लक्ष्मी उन्नति कोषको मूल्य १.७५ प्रतिशतले घटेको छ।

प्रकाशित: २०७९ फाल्गुण २५ गते बिहिबार ०३:५९
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना