२०८३ कार्तिक १३ गते बिहिबार

पशुपति प्रसाद २ः यस्तो कथा जहाँ भष्मे डनमा परिवार खोज्दाको पीडा महसुस हुन्छ

 |  पुष्पा थपलिया
Sanket

पुष्पा थपलिया

काठमाडौँ, कार्तिक ५
394254956_3620528901517446_153787860315769806_n

‘मुगुदेखि बाउ–आमालाई फकाएर बोर्डिङ पढाउन ल्यायो। पढाउन त पढायो, बोर्डिङमै पढायो तर जेलमै बसेभन्दा नि गाह्रो। त्यस्ले गु खा भन्यो भनेपनि खानुपर्ने कपाकप, नगनाएको जसरी। महादेव पार्वतीलाई गणेशले घुमेको कथा छ नि, हो त्यसरी नै त्यसलाई घुम्नुपर्ने रे बिहान बिहान।’

फिल्म पशुपति प्रसादमा भष्मेबारे दिइएको पृष्ठभुमी यहि नै हो।
पशुपति प्रसादको कथामा भष्मे मासुभात खाएर भाग्ने योजनामै थियो। संवादमा भनिएको छ, ‘टन्न मासु भात खाएर भाग्नलाई रेडि भा‘को थिएँ , भुँइचालो आयो। साहु क्यान्डिक्रस खेलेर बसेको थियो, त्यसलाई पनि होस्टेलले किचेर मार्यो। अनि साहुकै मोबाइल स्याट्ट हातबाट तानेर सिधै आर्यघाटमा जिम्दै। जिउँदै आर्यघाटमा, धन्न भुइँचालो आएर बाँचे।’

अर्थात धेरैलाई जिउँदो नछोडेको भुइँचालोले गर्दा ज्यान बचाएको पात्र हो भष्मे। करिब २२ मिनेटको भूमिकामै पनि यो चरित्र सबैको प्रिय बन्यो।

अहिले पशुपति प्रसाद २ः भष्मे डन फिल्ममा त्यहि चरित्रले पुरै फिल्म धानेको छ। भुवन बहादुर कसरी भष्मे (विपिन कार्की) बन्यो, कसरी पशुपतिसम्म आइपुग्यो र उसको परिवार कहाँ छ? पशुपति प्रसादको मृत्यु भएको सात बर्षपछि भष्मेसँग पंगा लिन आउने कालीप्रसाद उर्फ नागा (सौगात मल्ल) को होला? एक सामान्य महिला मैना (स्वस्तिमा खड्का), माताजी बन्नुपर्दाको कथा के होला? थाहा पाउन फिल्म हेर्नुपर्ने हुन्छ।

भष्मेको चरित्र सात बर्षमा धेरै परिवर्तन भएको छ। पशुपतिप्रसाद खकुरेलको मितबालाई उसले बा बनाएको छ। क्याण्डी क्रस खेल्न छाडेर अहिले ऊ पब्जी खेल्छ। घुम्ने कुर्सीमा बस्छ। सुनको दाँत लगाउनसक्ने बनेको छ। हजार हजारका नोट खल्तीमा बोकेर हिँड्छ। पहिले सुर्ति समेत बाँडेर खानेपर्ने उसको ग्यांग अहिले भष्मेको हातबाट तलव बुझ्छ। फिल्ममा सात बर्षपछिको परिवर्तन मज्जासँग देख्न सकिन्छ।
पशुपति प्रसादमा भुकम्पले ज्यान बचाएको भष्मेलाई कोरोना महामारीले लखपति बनाएको हो। यसरी हेर्दा, आम मानिसलाई आपत् परेको समयमा भष्मेको फलिफाप हुन्छ।

फिल्मको कथाबस्तु सलल बगेको छ। पेश गरिएका तर्कहरु प्रत्यारिला छन्।
तर केहि प्रश्नको उत्तर भने अपुरो छ। जस्तै, के घटनाले भष्मेलाई पशुपति प्रसादप्रति माया पलायो? पशुपति प्रसादको मितबा कसरी भष्मेको बा हुनपुगे? पशुपति प्रसाद फिल्ममा भष्मे किन हनुमानसँग डराउँथ्यो? भष्मेले बोकेर हिँडेको स्पीकर किन कहिल्यै बजेन र पछि त्यो एकाएक कता हराया ? केहि अर्थ नभइ त पक्कै पनि त्यो स्पीकर गलामा झुण्डिएन होला नि।

हुन त फिल्मको अन्त्य हेर्दा, यी बिषय अर्को कथालाई राखिएको जस्तो पनि देखिन्छ। तर यसरी अपुरो कथा छाड्दा दर्शकलाई अन्याय हुन्छ कि?

जे होस्, फिल्मले उठाएको मुद्धा निकै गम्भिर हो। बालबालिका सम्बन्धि राष्ट्रिय स्थिति प्रतिवेदन २०७९ को तथ्यांक अनुसार ४१७ बालगृहमा १० हजार ९०५ बालबालिका रहेका छन्। जसमध्ये ८० प्रतिशत बालबालिकाको परिवारमा एक वा दुवै अभिभावक जीवित हुँदाहुँदै पनि बालबालिका बालगृह वा अनाथालय जस्ता संस्थागत हेरचाहमा हुर्किरहेको सेभ द चिल्ड्रेनको तथ्यांक छ। त्यसमा पनि सरकारले उद्धार गरेकामध्ये ६० प्रतिशत जोखिम रहेका बालबालिका कर्णाली प्रदेशको रहेका छन् । आफ्ना बालबालिकाले राम्रो लाउन, खान र पढ्न पाउन् भन्ने इच्छाले बिभिन्न संघ संस्थाको जिम्मा लगाएर काठमाडौं ल्याइएका बालबालिकामा यतिबेला नागरिकता लगायतका समस्याहरु देखिएका छन्।

फिल्मले देखाउन खोजेको कथा सलल पर्दामा देखाउन सफल भएको छ। यो नै फिल्मको सफलता हो।
फिल्मको सबैभन्दा सशक्त पाटो हो, पात्र निर्माण। सबै पात्रहरु आ–आफ्नो चरित्रमा अब्बल छन् । सुरुमा भष्मेको पात्रबाट कुरा सुरु गरौं। पशुपति प्रसादमा भष्मे कुटिल थियो । जस्तै, उसले पशुपति प्रसादलाई गाँजा बनाउन अह्राउँछ र साहुलाई काम गर्दैन भनेर कुरा लगाउँछ र जागिरबाट निकाल्छ। अर्थात उसले रणनिती प्रयोग गरेको थियो आफ्ना विपक्षीलाई तह लगाउन । तर उसैको कथा भन्दा भने यी कुराहरुलाई वास्ता गरिएन। भष्मे शरिरको बल भन्दा दिमाग लगाएर दुस्मनलाई तह लगाउने पात्र थियो। तर अहिले भने उसलाई शारिरीक रुपमै लड्ने पात्रमा सिमित गरिएको छ। उसको दिमागी चातुर्यलाई बढी जोड दिन सकेको भए मज्जा आउँथ्यो। तरपनि भष्मे पात्रले आफुलाई सात बर्षपछि पनि जिवित राखेको छ । भष्मेका अघिपछि डुल्ने साथीहरु सबै फिट छन्। उनिहरुले पात्रलाई न्याय गरेका छन्। भष्मेका बा बनेका प्रकाश घिमिरेको चरित्रले जतिखेरै दर्शकको ध्यान तान्न सफल छ।

यहि फिल्बाट प्रवेश गरेका दुई पात्र माताजी उर्फ मैनाको भुमिका अभिनेत्री स्वस्तिमा खड्काकै लागि बनेको जस्तो लाग्छ। उनले बोल्नुअघि हे भन्ने तरिकाले मानव कम देवी ज्यादा सुनिन्छ । उनले आफ्नो चरित्रमा मिहेनत गरेकी छन्।

कालीप्रसाद उर्फ नागा (सौगात मल्ल) को अभिनय मौलिक छ। अन्य फिल्ममा लाउड सुनिने उनि यसा मौलिक सुनिएका छन् । यसरी हेर्दा, नागा योपटक भष्मे माथी भारी परेको देखिन्छ। जब नागा पर्दामा देखिन्छ, दर्शकले भष्मे भुल्छन् । नागा रुँदा दर्शक सँगै रुन्छन्, हाँस्दा सँगै हाँस्छन्। भष्मेप्रति भन्दा नागाप्रति दर्शकको सहानुभूति धेरै हुन्छ।

फिल्ममा भष्मे, नागा या हनुमान सबै पात्रलाई ग्रे देखाइएको छ । यी तिनै पात्रलाई बिच बाटोमै छाडिएको छ। माताजी बनेकी मैनाको भने खासै धेरै पृष्ठभुमी खोतलिएको छैन। आशा गरौं, यी पात्रहरुबारे अझै खुलस्त अर्को फिल्ममा हेर्न पाइनेछ।फिल्मका केहि दृश्यहरु निकै मनमोहक र अर्थपूर्ण छन्।

उदाहरणका लागि, जब नागा पर्दामा फेरि फर्कन्छ, तब सबै भन्दा माथि उसैलाई देखाइन्छ । बिस्तारै क्यामेरा तल जान्छ र, पशुपतिनाथको मन्दिर माथि पुग्छ। अर्थात्, आफूलाई जति माथि ठानेपनि भगवान भन्दा त उ तल नै छ।

अर्को सट पनि त्यस्तै मर्मस्पर्सी छ। जब भष्मेले पशुपति प्रसाद सँगको झगडा नगर्ने भनेर खाएको कसम तोड्छ। निकै माथीबाट यो सट लिइएको छ।
फिल्ममा पशुपति प्रसादसँग सिक्वेन्स मिलाउन पनि हुनसक्छ, केहि सट पहिलेको र अहिलेको मिल्न जान्छ। पशुपति प्रसादमा जब पशुपतिले सतबिज छर्ने ठाउँबाट आकाशतिर फर्केर आमाबालाई स्वर्गको ढोका खुल्न आँटेको बताउँछ। त्यो समयको सट र अहिले भष्मेले पशुपतिसँग कसम तोडेको सट उस्तै छ। तर खिचाइमा भने भिन्नता देखिन्छ।

पशुपति सुतेको ठाउँमा नागा सुत्नु, लेखेर वार्निङ दिनु लगायतका दृष्यहरुले पनि पहिलो भाग पशुपति प्रसादसँगको समानता देखाउँछ।
फिल्ममा एक दृष्य छ, जहाँ संवादमै भनिएको हुन्छ, रुवाउँदा रुवाउँदै हँसायौं । फिल्म पनि यहि संवाद जस्तै बनेको छ, कतै रुवाउने र फेरि रुवाउँदा रुवाउँदै हँसाउने। समग्रमा फिल्म सुन्दर बनेको छ। पशुपति प्रसादमा जत्तिको इमोसन महशुस गर्न नसकेपछि फिल्मले तपाईँलाई निराश भने बनाउने छैन।

 

प्रकाशित: २०८० कार्तिक ५ गते आईतबार ०८:०३
Sanket

पुष्पा थपलिया

थपलिया सामाज, कला, संस्कृति, मनोरञ्जन क्षेत्रमा रुचि राख्छिन्।
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना