काठमाडौँ- आफ्नो पतिको हत्यामा दोषी ठहर भएका रिगल (योगराज ढकाल)लाई पुनः पक्राउ गर्ने आदेश दिएर सर्वोच्च अदालतले आफूलाई न्याय दिलाएको भन्दै भारतीले सर्वोच्च अदालतलाई ढोग गरेकी छन्।
रिगल बाँकेबाट पक्राउ परिसकेका छन्। हत्याजस्तो जघन्य अपराधका दोषी भएपनि सरकारको सिफारिसमा उनलाई राष्ट्रपतिले माफीमिनाहा गरेका थिए।
उक्त निर्णयलाई सर्वोच्चले उल्टाइदिएको हो।






