काठमाडौं– सलमान खान, कट्रिना कैफ र इमरान हासमी स्टारर फिल्म ‘टाइगर ३’ मा शाहरुख खानसँगै ऋतिक रोशनको पनि विशेष भूमिका रहने पक्का भएको छ।
यशराज फिल्म्सको स्पाई युनिभर्स अन्तर्गतको फिल्म ‘टाइगर ३’ केमियोका कारण प्रतीक्षित मानिएको छ। फिल्म प्रर्दशनमा आउन एक साता मात्रै बाँकी रहँदा निर्माण पक्षले फिल्ममा ऋतिक रोशनको पनि विशेष भूमिका रहेको खुलाएको हो।
‘टाइगर ३’मा सलमान टाइगर, शाहरुख पठान र ऋतिक कबिरको भूमिकामा देखिनेछन्। शाहरुख ‘पठान’ फिल्ममा मुख्य भूमिकामा थिए भने ऋतिक ‘वार’ फिल्ममा कविरको भूमिकामा थिए।
‘टाइगर ३’ १२ नोभेम्बर अर्थात अर्को आइतबार देखि प्रर्दशनमा आउँदैछ। फिल्मलाई मनिष शर्माले निर्देशन गरेका छन्।


