काठमाडौं- दिपावली सँधै भारतीय बक्स अफिसका लागि आकर्षक अवधि रह्यो। पछिल्लो केही वर्षमा दिपावलीको सिजनमा केही ठूला बजेटका फिल्म रिलिज भए। दिपावलीमा रिलिज भएका ठूला बजेटका फिल्ममा ‘ठग्स अफ हिन्दुस्तान’ हो। यो फिल्ममा आमिर खान, अमिताभ बच्चन लगायतले प्रमुख भूमिका निभाएका थिए।
यद्यपी यो फिल्मले बक्स अफिसमा कमाल गर्न भने सकेन। तर ओपनिङको हिसाबले हेर्ने हो भने दिपावलीको समयमा रिलिज भएर सबैभन्दा धेरै ओपनिङ गर्ने यो फिल्मको रेकर्ड अहिलेसम्म तोडिएको छैन।
सन् २०१८ मा रिलिज भएको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को कुरा गर्ने हो भने फिल्मको ट्रेलर र गीतले खासै चर्चा बटुल्न सकेनन्। यद्यपी ‘दंगाल’को सफलताका कारण आमिरको प्रभाव यो फिल्ममा देखिने विश्वास गरिएको थियो। उनको उपस्थितीका कारण यो फिल्मलाई फाइदा पनि भयो।
प्रि-सेल्समा यो फिल्मले रेकर्ड बनाएको थियो। तर रिलिज भएपछि भने यसले सफलता पाउन सकेनन्। यो फिल्मले पहिलो दिन ५२.२ करोड कमाएको थियो। त्यो समयमा यो सबैभन्दा ठूलो ओपनिङ थियो। दिपावलीको समयमा रिलिज भएर सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ नै हो।
यो दिपालीमा सलमान खानको फिल्म ‘टाइगर ३’ रिलिज हुँदैछ। यो फिल्मलाई लिएर दर्शक निकै उत्साही छन्। फिल्मको एडभान्स बुकिङ पनि शानदार भइरहेको छ। अब ‘टाइगर ३’ले ‘ठग्स अफ हिन्दुस्तान’को रेकर्ड तोड्न सक्छ वा सक्दैन, त्यो हेर्न बाँकी छ।


