काठमाडौं- सलमान खान, कट्रिना कैफ र इमरान हासमीले आइतबार रिलिज हुने ‘टाइगर ३’ फिल्ममा अनगिन्ती रहस्य रहेको बताएका छन्। यी तीन जना स्टारको मुख्य भूमिका रहेको फिल्म आइतबार हिन्दी, तेलुगु र तामिल भाषामा एकसाथ रिलिज हुँदैछ। फिल्म रिलिजको एक दिनअघि उनीहरुले फिल्ममा अनगिन्ती रहस्य भएकाले त्यसलाई बाहिर नल्याउन दर्शकलाई आग्रह गरेका छन्।
सलमानले भनेका छन्, ‘हामीले टाइर ३ निकै जुनूनका साथ बनाएका छौं। जब तपाईँ फिल्म हेर्नुहुन्छ, तब फिल्मका रहस्यलाई बचाइरहनुहुनेछ भन्ने भरोसा हामीले राखेका छौं। रहस्य बाहिर आए हलमा फिल्म हेर्दाको प्राप्त हुने राम्रो अनुभवलाई बर्वाद बनाउनेछ। हामीलाई विश्वास छ यो फिल्म हाम्रो तर्फबाट तपाईलाई दिवालीको गजबको उपहार हो।’
कट्रिनाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘टाइर ३ को कथामा रहने ट्विस्ट र टर्न्सका कारण फिल्म हेर्न उत्सुक्ता जाग्छ। हामी तपाईँहरुलाई आग्रह गर्दछौं कि कुनै पनि रहस्यलाई बाहिर नल्याउनुहोस्। हाम्रो प्रेम र श्रमको रक्षा गर्ने शक्ति तपाईँसँग छ। जसले दर्शकलाई सर्वोत्तम मनोरञ्जन दिन सकोस्। धन्यवाद अनि शुभ दिवाली।’
सलमान र कट्रिनाको जस्तै आग्रह इमारनले पनि गरेका छन्। उनले भनेका छन्, ‘टाइगर ३ जस्तो फिल्ममा अनगिन्ती रहस्य छन्। ती रहस्यलाई सुरक्षित राख्ने कुरामा हामी तपाईको भरोसा गर्दछौं। कृपया कुनै पनि प्रकारका रहस्यको खुलासा नगर्नुहोस्। किनकी यसले सनिमाघरमा फिल्म हेर्दा प्राप्त हुने अनुभवलाई असर गर्छ। हामीले टाइगर ३ बनाउँनका लागि कडा मेहनत गरेका छौं। हामीलाई लाग्छ कि तपाईहरुको पुरै समर्थन प्राप्त गर्नेछौं। दिवालीको हार्दिक शुभकामना।’
‘एक था टागर’,’टाइगर जिन्दा हे’, ‘वार’ र ‘पठान’ पछि यो फिल्म एशराज फिल्म्सको स्पाई यूनिभर्सको पाँचौ फिल्म हो। स्पाई यूनिभर्स अन्तर्गत अहिलेसम्म बनेका सबै फिल्म ब्लकबस्टर सावित भएका छन्।


