२०८३ कार्तिक १३ गते बिहिबार

‘टाइगर ३’ले ६ दिनमा कमायो ३३० करोड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २
salman_katrina

काठमाडौं- सलमान खान, कटरिना कैफ र इमरान हासमी स्टारर फिल्म ‘टाइगर ३’ ले ६ दिनमा विश्वभरबाट करिब ३३० करोडको कलेक्सन गरेको छ। योसँगै यो फिल्मले सलमानका पछिल्ला फिल्म ‘एक था टाइगर’ र ‘भारत’को लाइफ टाइम कलेक्सनलाई पछि पारेका छन्।

अब ‘टाइगर ३’ ऋतिक रोशनको फिल्म ‘ब्याङ ब्याङ’ र एसएस राजामौलीको फिल्म ‘आरआरआर’ (हिन्दी भर्सन)को कलेक्सनलाई पछि पार्ने दौडमा छ। यद्यपी ‘टाइगर ३’ले अपेक्षा अनुसारको कलेक्सन भने गर्न सकिरहेको छैन। यो फिल्मले शाहरुख खानका दुई फिल्म ‘पठान’ र ‘जवान’ अनि सनि देवलको ‘गदर २’को झैं धमकेदार व्यापार गर्ने अपेक्षा गरिएको थियो। तर, दिपावलीको समयमा फिल्म रिलिज गरिनु र विश्वकप क्रिकेट पनि चलिरहेकाले फिल्मको कलेक्सनमा असर परेको बताइएको छ।

मनीष शर्माले निर्देशन गरेको यो फिल्म स्पाई यूनिभर्सको पाँचौं र टाइगर फ्रेन्चाइजीको तेस्रो फिल्म हो। बलिउड समचार साइट कोइमोइका अनुसार फिल्मले ६ दिनमा विश्वभरबाट ३३० करोडको ग्रस कलेक्सन गरेको छ। योसँगै टाइगर फ्रेन्चाइजीको पहिलो फिल्म ‘एक था टाइगर’को लाइमटाइम कलेक्सनलाई ‘टाइगर ३’ले पछाडी पारेको छ।

कविर खानले निर्देशन गरेको ‘एक था टाइगर’ले ३२० करोडको कलेक्सन गरेको थियो। यस्तै ‘टाइगर ३’ले फिल्मले विवेक अग्निहोत्रीको फिल्म ‘कश्मिर फाइल्स’को विश्वव्यापी लाइफटाइम कलेक्सनलाई पनि पछि पारेको छ। ‘कश्मिर फाइल्स’ले ३२६.९५ करोडको कलेक्सन गरेको थियो। ‘टाइगर ३’ले सलमानको अर्को फिल्म ‘भारत’लाई पनि पछि पारेको छ।

‘भारत’ फिल्मले विश्वभरबाट ३२३.०३ करोडको कलेक्सन गरेको थियो। अब ‘टाइगर ३’ ऋतिक रोशनको ‘व्याङ व्याङ’को आँकडा नजिक छ। ‘व्याङ व्याङ’ले विश्वभरबाट ३४० करोडको कलेक्सन गरेको थियो। यस्तै ‘आरआरआर’ले विश्वभरबाट हिन्दी भर्सनमा ३४२ कोरोडको कलेक्सन गरेको थियो।

प्रकाशित: २०८० मङ्सिर २ गते शनिवार ०४:४२
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना