काठमाडौं- रनवीर कपुर, अनिल कपुर, रश्मिका मन्दना र बबी देओल स्टारर फिल्म ‘एनिमल’को ट्रेलर सार्वजनिक भएको छ। डिसेम्बर १ मा रिलिज हुने फिल्मको ट्रेलरमा बाबु छोराको सम्बन्धबारे देखाइएको छ।
बाबु छोराको दुश्मनी र त्यसले ल्याउने सामाजिक असरबारेको कथामा बनेको फिल्मलाई सन्दीप रेड्डी भांगाले निर्देशन गरेका हुन्। भंगाले यसअघि ‘कविर सिंह’ फिल्म निर्देशन गरेका थिए। ‘एनिमल’ यो वर्षको बहुप्रतिक्षित फिल्म मध्येको एक हो।


