काठमाडौं- निर्देशक दिनेश राउतले ‘पूजार सार्की’ फिल्म बनाउने भएका छन्। फिल्मका लागि राउतले पटकथा लेखक विकास सुवेदीसँग सहकार्य गर्ने भएका छन्।
साउत र सुवेदीले यसअघि ‘प्रकाश’मा काम गरेका थिए। फिल्मले जातिय विभेदविरुद्ध सन्देश दिने बताइएको छ। फिल्मको छायांकन माघदेखि पोखराको कास्कीकोटमा गर्ने तयारी छ।
फिल्मका कलाकार सार्वजनिक गरिएको छैन। किंगडम नेटवर्कको ब्यानरमा बन्ने फिल्मलाई सुभाष भुसालले निर्माण गर्नेछन्। राउतले यसअघि आइएम सरी, नोभेम्बर रेन, क्लासिक, पर्व, प्रकाश र प्रसादलाई निर्देशन गरेका छन्।


