२०८३ कार्तिक १२ गते बुधबार

हमासले रिहा गर्‍यो १७ बन्धक, इजरायलद्वारा ३९ प्यालेस्टाइनी कैदमुक्त

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

तेलअबिब, मङ्सिर १०
truce

तेलअबिब- इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने समझदारी भएको दोस्रो दिन हमासले १७ बन्धक रिहा गरेको छ। शनिबार हमासले १३ इजरायली र ४ थाई बन्धकलाई मुक्त गरेको हो। बदलामा इजरायलले ३९ प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको छ।

इजरायली डिफेन्स फोर्सले एक विज्ञप्ति जारी गर्दै हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको छ। उनीहरूलाई रेडक्रसले इजरायल पुर्‍याई अस्पताल लगेको छ। युद्धविरामको पहिलो दिन हमासले २४ बन्धक र इजराइलले ३९ प्यालेस्टाइनीलाई रिहा गरेको थियो। योसँगै हमासले मुक्त गरेको बन्धकको संख्या ४१ पुगेको छ भने ७८ प्यालेस्टाइनी इजराइलको जेलबाट मुक्त भएका छन्।

युद्धविरामबीच गाजामा विभिन्न मुलुकहरूले मानवीय सहायता पुर्‍याइरहेका छन्। इन्धन, खाद्यान्न र औषधी लगायतका मानवीय सहायता इजिप्टलगायतका देशहरूबाट पुग्ने क्रम जारी छ।

इजरायल र हमासबीच पहिलो चरणमा ५० जना बन्धक र १५० जना कैदी छाड्ने सहमति भएको थियो। उक्त सहमतिलाई इजराइलको मन्त्रिपरिषद्ले अनुमोदन गरेको थियो। शुक्रबार बिहान गाजामा युद्धविराम छ।

हमासले प्रत्येक दिन कम्तिमा १० जना बन्धक मुक्त गर्ने र त्यसवापत इजरायलले गाजामा थप एक दिन युद्धविराम लम्ब्याउने समझदारी छ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरी इजरायलसहित २६ देशका २३९ नागरिकहरूलाई बन्दी बनाएर गाजा लगेको थियो। जसमा नेपालका विपीन जोशी पनि छन्। हमासको आक्रमणमा इजरायलमा १० नेपाली नागरिकसहित १ हजार २ सय जना मारिएका थिए। त्यसयता इजराइलले लगातार गाजामा आक्रमण गरिरहेको थियो।

इजरायलको आक्रमणबाट गाजामा १४ हजारभन्दा बढी नागरिकहरूको मृत्यु भइसकेको छ। हमासले सबै बन्धकलाई मुक्त गरेपछि इजराइलले पुनः गाजामा आक्रमण गर्ने प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले बताएका छन्।

प्रकाशित: २०८० मङ्सिर १० गते आईतबार ०७:२०
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना