काठमाडौं- भारतीय फिल्म उद्योग बलिउडमा नेपाली अभिनेता प्रदीप खड्काको चर्चा सुरु भएको छ। बलिउड फिल्म ‘ऐरी’को घोषणा भएसँगै खड्काको चर्चा सुरु भएको छ। बलिउडका चर्चित क्रिटिक्स तरन आदर्शले यो फिल्मबारे ट्वीट (एक्स) गरेका छन्।
उनले भनेका छन्, ‘प्रदीप खड्का ऐरीमा काम गर्दैछन्। यो फिल्म बहुभाषामा रिलिज हुनेछ। नेपाली फिल्मका चर्चित स्टार खड्काले ऐरीमा मुख्य भूमिका निभाउनेछन्। जीवन थापाले निर्देशन गर्ने फिल्मलाई सुभाष काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरले बनाउनेछन्। कमल बहादुर आले कार्यकारी निर्देशक हुन्। ऐरी २०२४ मा रिलिज हुनेछ। ‘
PRADEEP KHADKA STARS IN ‘AIRI’… WILL RELEASE IN MULTIPLE LANGUAGES… Well-known star of #Nepali films – #PradeepKhadka – will essay the lead role in #Airi, which will release in multiple languages.
Directed by Jeevan Thapa… Produced by Subhash Kale, Prashant Kumar Gupta and… pic.twitter.com/3cF5QQctjQ
— taran adarsh (@taran_adarsh) November 29, 2023
निर्माण टिमले मंगलबार अभिनेता खड्काको भूमिकासहितको माेसन पोस्टर र टिजर सार्वजनिक गर्दै फिल्म घोषणा गरेको थियो। टिजरमा प्रदिपलाई टाउकोमा खुकुरी सहित गुथिएको फेटामा देख्न सकिन्छ। ‘ऐरी’को अर्थ सिकारी हो। फिल्मको घोषणा भएसँगै खड्काले नेपाली चलचित्रलाई बलिउडमा प्रवेश गराउने अर्को मौका प्राप्त भएको बताएका थिए। उनका अनुसार चलचित्रको अधिकांश छायांकन नेपालमै हुनेछ। उनको यो पहिलो हिन्दी फिल्म हो।


