काठमाडौं- नेपाल सरकारको पूर्व प्रशासकका रुपमा कुशल भूमिका निभाएका चर्चित गीतकार शंकर कोइरालाको शब्द तथा मौलिक सर्जक कस्तुप पन्तको संगीत रहेको ‘परदेशी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। कस्तुप पन्तको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा चर्चित गायिका अञ्जु पन्तको स्वर समेटिएको छ।
गीतको संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन्। मुकुन्द भट्ट र स्मृति थापाको उत्कृष्ट अभिनयले भिडियोलाई रोमाञ्चक बनाएको छ। यात्रामा हिँडेको एउटा अन्जान परदेशी युवा कुनै युवतीको घरमा बास बस्दाको चिनाजानी अनि उनले त्यस ठाउँका विभिन्न मनोरम दृष्य देखाउँदा देखाउँदै मौलाएको माया गीतको भीडियोमा देखाइएको छ।
त्यस ठाउँमा बस्दै गर्दा गाढा बन्दै गरेको माया परदेशीको बसाइ सकिएसँगै अन्त्य भएको वियोगान्त कथालाई अन्तिममा सस्पेन्स राखिएको छ। अर्थात, त्यसपछि के भयो होला भन्ने कौतुहलता आम दर्शकहरुमा हुन्छ। भिडियोलाई बसन्त बिजे महर्जनले खिचेका छन् भने प्रविन थापाको निर्देशन र अमृत चापागाईंको सम्पादन रहेको छ।
सारथी म्युजिकले प्रस्तुत गरेको भिडियो मनोरञ्जनको लागि भन्दा पनि ललितपुरको लेले क्षेत्रका रमणीय दृष्यहरु हेर्दा त्यहाँको पर्यटन प्रवद्र्धनका निम्ति बनाइएको आभाष हुन्छ।
भिडियो…


