२०८३ कार्तिक १३ गते बिहिबार

यसरी बन्यो निर्माता र प्रदर्शकले बराबरी शेयर पाउने सहमति

 |  रासस
Sanket

रासस

काठमाडौँ, मङ्सिर १६
film_hall

काठमाडौँ- चलचित्र भवनमा नेपाली चलचित्र प्रदर्शन भएबापत निर्माता तथा प्रदर्शकले बराबरी शेयर पाउने भएका छन्। यही मङ्सिर ७ गते निर्माताको छाता संस्था नेपाल चलचित्र निर्माता सङ्घ र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घबीच शेयरको विषयमा सहमति भएको थियो।

निर्माताले वर्षौंदेखि उठाइरहेका शेयर बाँडफाँटको मुद्दा नौलो होइन। चलचित्र निर्माता र चलचित्र सङ्घबीच थुप्रैपटक यस विषयमा विवाद भइसकेको थियो। २०६० मा ४२ दिनको आन्दोलनपछि १९ बुँदे सहमति, विसं २०७५ मा निर्माताद्वारा पुनःआन्दोलन गर्ने घोषणापश्चात् भएको १७ बुँदे सम्झौता कार्यान्वयन भएको थिएन। प्रदर्शकले चलचित्र प्रदर्शनको समयमा समस्या दिने भन्दै एकाधबाहेक निर्माताले आवाज उठान सकेका थिएनन्।

कोरोना महामारीले थलिएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन  २०७८ असोजमा पहिलो साता ५५ प्रतिशत र दोस्रो साता ५० प्रतिशत विभाजनको निर्णय भएको थिय । सो समयमा निर्माताले केही वर्षयताको धेरै शेयर पाएका थिए। त्यसपछि २०७९ बाट शेयर बाँडफाँटसम्बन्धी नयाँ नियम लागू गर्दै पहिलो र दोस्रो साता निर्माता र प्रदर्शकले ५०/५० प्रतिशत र तेस्रो सातादेखि निर्मातालाई ३५ प्रतिशत सेयर पाउने व्यवस्था भयो।

गएको तिहारको अवसर पारेर गत कात्तिक २४ गतेदेखि प्रदर्शन गरिएको नेपाली चलचित्र ‘दिमाग खराब’को निर्माण समूहले विदेशी चलचित्रसरह सो सङ्ख्या र प्रदर्शनअन्तर्गत भएको कूल व्यापारको ५० प्रतिशत शेयर नपाए प्रदर्शन रोक्ने घोषणा गरेपछि यस विषयमा बहस सुरू भएको थियो। ‘लूट’ चलचित्रमार्फत कथ्य शैली र पात्रको भाष्य शैलीलाई बदल्न सफल निर्देशक निश्चल बस्नेतले गरेको आँटलाई सामाजिक सञ्जालमार्फत अधिकांश चलचित्रकर्मीले सहमति दिएका थिए।

चलचित्र भवनमा विदेशी चलचित्र कम रहेको र नेपाली चलचित्रमा दर्शक बढिरहेका सन्दर्भमा उचित माग सम्बोधन नगरिए ओभर दी टप (ओटिटी) वा अन्य विकल्पिक माध्यमबाट चलचित्र प्रदर्शन गरिने घोषणा निर्देशक बस्नेतले गरेका थिए। सोही मौका छोपेर निर्माता सङ्घले माग सम्बोधन नगरिए स्वदेशी मात्र नभई विदेशी चलचित्रको प्रदर्शन रोकेर आन्दोलन गर्ने चेतावनी दिएको थियो। त्यसपछि दुई सङ्घबीच भएको वार्तामार्फत देखिएका समस्याको समाधान गर्न सकारात्मक छलफल भयो।

‘एउटा चलचित्र नभई समग्रमा देखिएका समस्याको विषयमा संवाद गरेका हौँ । यो सहमतिले निर्मातालाई ऊर्जा दिएको छ । यो दुवै पक्षको जीत हो,’ निर्माता सङ्घका अध्यक्ष खड्काले भने। साथै, उनले निर्माता र प्रदर्शकलाई बराबर शेयर दिनेसहित ६ बुँदामा सहमति भएको जानकारी दिए। चलचित्र निर्माण गरेर चलचित्र भवनमा प्रचारप्रसार सामग्री श्रव्यदृश्य (ट्रेलर, टिजर), पोस्टर राख्नेलगायत विभिन्न विषयवस्तुमा निर्माताले शुल्क तिर्दै आइरहेका थिए। यद्यपि विदेशी चलचित्र खरिद गरेर ल्याइने भएकाले चलचित्र भवनकै दायित्व रहँदै आएको छ।

नेपालीको हकमा पनि सहमति गर्ने प्रयास अझै छ। सम्पूर्ण जोखिम आफूले उठाएपछि भएको व्यापारको आधाभन्दा बढी हिस्सा प्रदर्शकलाई दिने कुरामा निर्माता सहमत थिएनन्। निर्माता सङ्घका सदस्य रवीन्द्रसिंह बानियाँले नयाँ सहमतिले सम्पूर्ण नेपाली चलचित्रलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे। उनले भने, ‘वार्तामा भएका सहमतिले प्रदर्शक र निर्माताको दूरी घटाएर नजिक ल्याउनेछ। दुवैलाई आफ्नोपन महसुस हुनेछ।’

निर्मातालाई चलचित्र निर्माणसँगै प्रदर्शनको चिन्ता धेरै हुने निर्देशक तथा निर्माता पुर्नेन्दु झाले बताए।  चलचित्रसम्बन्धी अध्ययन गरेर ‘संरक्षण’ नामक चलचित्रमार्फत निर्देशनसँगै निर्माता बन्नुभएका झालाई चलचित्र प्रदर्शन गर्न चार वर्ष लाग्यो। उनले चलचित्र बनाउनुमात्र नभई प्रदर्शनको शिक्षा पनि लिनुपर्ने महसुस गरे।  ‘यहाँ स्वदेशी चलचित्रले आफूलाई प्रमाणित गरेर शो पाउने अवस्था थियो। दर्शक आउन थालेपछि तेस्रो साताबाट निर्माण पक्षले कम शेयर पाउने गरेका थिएँ। यसकारण चलचित्रको कुल व्यापार बढी भए पनि निर्माताले कम शेयर पाउने गरेका थिएँ,’ निर्देशक झाले भने।

पछिल्लो सम्झौतालाई निरन्तरता दिएमा निर्मातालाई नयाँ ऊर्जा प्राप्त हुने विश्वास उनको छ। नयाँ चलचित्रको तयारीमा जुटेका पनि काम अगाडि बढाउन रोकिनुभएका निर्देशक झाले चाँडै छायाङ्कन थाल्ने गरी काम सुरु गरेको बताए। यो समस्यालाई नजिकबाट बुझ्नुभएका निर्माता तथा प्रदर्शक दीपकराज गिरीले यहाँ नयाँ बानेश्वर चोकस्थित एनबी सेन्टरमा रहेको आइएनआई सिनेमाजको शुभारम्भमै नेपाली चलचित्रको निर्माण पक्षलाई ५० प्रतिशत शेयर दिने घोषणा गरेका थिए।  ‘मैले निर्माताका रुपमा उठाउँदै आएको समस्यालाई आफू प्रदर्शक भएपछि सम्बोधन गरेको हो। यसले अन्य प्रदर्शकलाई पनि प्रेरणा दिओस् भन्ने थियो। पछिल्लो सहमतिले निर्माताको धेरै अगाडिको माग सम्बोधन गरेको छ। अब यस क्षेत्रमा देखिएको समस्यामा दुई संस्था एकजुट भएर अगाडि बढ्ने छौँ,’ निर्माता गिरीले भने।

पछिल्लो समय देखिएको समस्या विशेषतः नेपालमा मल्टिप्लेक्स चलचित्र भवन सुरु भएपछि बढेको हो। आधुनिक भनिएको चलचित्र भवन सञ्चालन खर्चिलो हुने भएकाले निर्माताले कम शेयर पाउन थाले। त्यस अगाडि चलचित्र भवनले बराबर मात्र नभई बढी शेयर दिनुका साथै अग्रिम भुक्तानीसमेत गर्थे। डिजिटल प्रविधि भित्रिनु अगाडि सेलुलोइड प्रविधिमा चलचित्र निर्माण तथा निर्देशन गरेका ज्ञानेन्द्र देउजाले प्रदर्शकसँग पछिल्लो समय देखिने गरेको समस्या उक्त समयमा नरहेको बताए।  ‘हामीले छायाङ्कन गर्दा नै कलाकार र गीतसङ्गीतका आधारमा अग्रीम भुक्तानी दिएर प्रदर्शनको सुनिश्चितता गर्नुहुन्थ्यो। हामीले आफ्नो मागअनुसार शेयर पाउने गरेका थियौँ। मैले गत वर्ष डिजिटल प्रविधिमा चलचित्र निर्माण गरेर प्रदर्शन गर्दा धेरै नयाँ अनुभव पाएँ,’ निर्देशक देउजाले भने, ‘हामीले मागभन्दा बढी पूर्ति गरेकाले पनि यस्तो भएको हुनसक्छ किनकी अहिले निर्माताले चलचित्र निर्माण गर्ने मात्र नभई प्रदर्शन कसरी गर्ने पनि बुझ्नु जरुरी छ।’

ढिलै भए पनि निर्माता र प्रदर्शकको सङ्घमार्फत गरिएको निर्णयको चलचित्रकर्मीले प्रशंसा गरेका छन्। आउँदो समयमा देखिने अन्य समस्यालाई दुवै सङ्घ मिलेर समाधान गर्ने सहमति जुटेको छ। यो सहमति जति धेरै समय लागू हुनेछ, त्यति नै दुई संस्थाबीचको सामिप्यता बढ्नेछ। अन्य समस्या नदेखिएका होइनन् तर छलफलले सकारात्मकता थपेको छ। अर्थात् एकजुट भएर अगाडि बढ्न पछिल्लो संवादले मद्दत गरिरहेको छ। चलचित्रसम्बन्धी कानुन बन्ने अन्तिम प्रक्रियामा रहेकाले पनि यस क्षेत्रले आगामी समयमा नयाँ गन्तव्य पाउने विश्वास चलचित्रकर्मीको छ।

प्रकाशित: २०८० मङ्सिर १६ गते शनिवार ०३:२९
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना