काठमाडौं- रणवीर कपूर स्टारर फिल्म ‘एनिमल’ले आक्रमक कमाइ गरिरहेको छ। शुक्रबार रिलिज भएको फिल्मले तीन दिनमा विश्वभरबाट ३५० करोड भन्दा ग्रस कलेक्सन गरेको छ।
निर्माण कम्पनी टि सिरिजले फिल्मको तीनको कमाइ सार्वजिनक गरेको छ। जसअनुसार फिल्मले आइतसम्म विश्वभरबाट ३५६ करोडको ग्रस कलेक्सन गरेको हो। फिल्मले भारतभरबाट तीन दिनमा २०१ करोड ७६ लाख नेट कलेक्सन गरेको छ। हिन्दी भाषाबाट १७६ करोड ५८ लाख र दक्षिण भारतीय भाषाबाट २५ करोड १८ लाख कमाइ गरेको छ।
सन्दीप रेड्डी भांगाले निर्देशन गरेको फिल्ममा रणवीरसँगै रश्मिका मन्दाना, अनिल कपूर र बबी देओलको मुख्य भूमिका छ।


