काठमाडौँ- ठगीमा संलग्न १०० भन्दा बढी वेबसाइटहरू पहिचान गरी बन्द गरेको भारतको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालय मातहतको राष्ट्रिय साइबर अपराध चुनौती मल्याङ्कन एकाइको सिफारिसमा इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले ती वेबसाइटहरू बन्द गरेको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कार्य-आधारित/सङ्गठित अवैध लगानीसम्बन्धी आर्थिक अपराधहरूलाई यी वेबसाइटहरूले सहयोग पु¥याउने गरेका, विदेशी अभिनेताहरूले सञ्चालन गरेको र उनीहरूले डिजिटल विज्ञापन, च्याट मेसेन्जर र भाडाका खाताहरू प्रयोग गरिरहेका थिए।’
कार्ड नेटवर्क, क्रिप्टोकरेन्सी, विदेशी एटिएम निकासी र अन्तर्राष्ट्रिय फिनटेक कम्पनीहरूको प्रयोग गरेर ठूलो मात्रामा आर्थिक ठगीबाट प्राप्त रकम भारतबाट बाहिर निकालिएको पनि थाहा भएपछि वेबसाइट बन्द गरेको भारतीय गृहमन्त्रालयले जनाएको छ।
दक्षिण एसियाली देशमा साइबर अपराधलाई समन्वयात्मक र व्यापक रूपमा सम्बोधन गर्न मन्त्रालयको पहल ‘इन्डियन साइबर क्राइम को-अर्डिनेसन सेन्टर’ अन्तर्गत यो कदम चालिएको हो।


