काठमाडौं- ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपूर स्टारर फिल्म ‘फाइटर’को टिजर भोलि (शुक्रबार) रिलिज हुने भएको छ। निर्देशक सिद्धार्थ आनन्दले फिल्मको टिजर भोलि बिहान ११ बजे हुने जानकारी दिएका छन्।
उनले टिजर अघि फिल्मको एउटा रेडियोग्राम सन्देश सामाजिक सञ्जालमा शेयर गर्दै भनेका छन्, ‘लक्ड। लोडेड। ड्रप गर्नका लागि तयार। फाइटर टिजर भोली। फाइटर फरवेभर।’
‘फाइटर’लाई भियाकम १८ स्टुडियो र मार्फ्लिक्स पिक्चर्सले निर्माण गरेका हुन्। फिल्म २५ जनवरीमा रिलिज हुनेछ।
Locked. Loaded. Ready to drop. #FighterTeaser tomorrow.#Fighter Forever 🇮🇳@iHrithik @deepikapadukone @AnilKapoor #KevinVaz @AndhareAjit @itsMamtaA @ramonchibb @ankupande @VishalDadlani @ShekharRavjiani @Iamksgofficial @Akshay0beroi @viacom18studios @MarflixP @TSeries… pic.twitter.com/OoaENVwJjH
— Siddharth Anand (@justSidAnand) December 7, 2023


