काठमाडौं- केशव पाण्डेको निर्देशनमा फिल्म ‘११ः५५’ बन्ने भएको छ। विहिबार काठमाडौंमा निर्माण टिमले एक कार्यक्रमको आयोजना गरी फिल्मको घोषणा गरेको हो।
सस्पेन्स थ्रीलर कथाबस्तुमा आधारित रहने फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल, विशाल पहरी, बुद्धि तामाङ लगायतको अभिनय रहने छ।
चलचित्रलाई श्याम शर्मा र सरोजा शर्माले निर्माण गर्नेछन्। फिल्ममा अल्मोडा राना उप्रेती र कुशल आचार्यको संगीत रहनेछ भने कोरियोग्राफी कविराज गहतराजको रहनेछ।


