नयाँदिल्ली- भारतको केन्द्रीय संसद लोकसभा बैठक चलिरहेका बेला शंकास्पद व्यक्ति सभामुखको आसनतर्फ दौडिएपछि बैठक प्रभावित भएको छ। यसरी शंकास्पद व्यक्ति अचानक दौडिएपछि सदनको बैठक प्रभावित भएको हो।
एक व्यक्ति सांसदहरूको बीचबाट कुदेर सभामुखको कुर्सीतर्फ बढेको देखिन्छ। पश्चिम बंगालका बीजेपी सांसद खानेन मुर्मू बोलिरहेका बेला यो घटना भएको थियो।
शंकास्पद व्यक्ति सभामुखतर्फ अघि बढेपछि अर्का व्यक्तिले साथबाट एउटा सामान निकालेपछि बैठक कक्षमा पहेँलो धुवाँ फैलिएको थियो। धुवाँमा कस्तो ग्यास भरिएको भन्ने खुल्न बाँकी छ।
संसदको बाहिर पनि यस्तै शंकास्पद गर्ने अर्का एक व्यक्ति पनि पक्राउ परेका छन्। सुरक्षाकर्मीले दुवैलाई पक्राउ गरे पनि संसदको सुरक्षालाई लिएर सांसदहरुले हंगामा मच्चाएका छन्।
लोकसभाका सभामुख ओम बिडलाले यसको छानबिन हुने बताएका छन्।


