काठमाडौँ- गाजा पट्टीमा बिहीबार भएको इजरायली आक्रमणमा कम्तिमा १११ जना मारिएका छन् ।
साथै आक्रमणमा दर्जनौं प्यालेस्टाइनी घाइते भएको पनि गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अक्टोबर ७ मा हमास इजरायल द्वन्द्व शुरु भएपछि गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या १८ हजार ६०० पुगेको छ।
इजरायली सेना र सशस्त्र प्यालेस्टिनी समूहहरू बीच लडाइँ जारी छ ।


