काठमाडौं- लामो समयको अन्तरालपछि रवि तेजा र निर्देशक हरिश शंकरले तेस्रो पटक सँगै काम गर्ने भएका छन्। उनीहरुको फिल्मको केही दिन अघि घोषणा भएको थियो। अहिले फिल्मको फस्ट लुक र नाम सार्वजनिक भएको छ। फिल्मको नाम ‘मिस्टर बच्चन’ हो। सार्वजनिक गरिएको फस्ट लुकमा रवि तेजा स्कुटरमा बसेका देखिन्छन्।
रवि तेजाले ट्विटर ह्यान्डल मार्फत फस्ट लुक शेयर गर्दै लेखेका छन्, ‘मिस्टर बच्चन नाम त सुन्नुभएको होला। मेरा प्रिय अमिताभ बच्चनको नाम वाला पात्र निभाउन पाउँदा सम्मानित महसूस गरिरहेको छु।’
रवि तेजा र हरिश शंकरले सन् २००६ मा रिजिज भएको फिल्म ‘शक’ र २०१० मा रिलिज भएको फिल्म ‘मिरापाके’मा सहकार्य गरेका थिए। रवि तेजा पछिल्लो पटक ‘टाइगर नागेश्वर राव’मा देखिएका थिए। यो फिल्ममा उनी मुख्य भूमिकामा देखिएका थिए। फिल्ममा अनुपम खेर, जिशु सेनगुप्ता, नुपुर सेनन, रेनु देसाई, गायत्री भारद्वाज र मुरली शर्माको अभिनय रहेको थियो।
उनी अहिले ‘ईगल’को सुटिङमा व्यस्त छन्। यो फिल्मलाई कार्तिक गट्टमेनीले निर्देशन गरिरहेका छन्। फिल्ममा अनुपमा परमेश्वरन, नवदीप, काव्या थापर, मधु लगायतको मुख्य भूमिका छ।


