काठमाडौँ- सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले जिल्ला अधिवेशनका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेकाले जिल्ला अधिवेशन स्थगन गरेको हो। माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकपछि मात्रै जिल्ला अधिवेशनहरुको मिति तोक्ने एसले जनाएको छ।
‘माघको १४ र १५ गते हुने केन्द्रीय समिति बैठकपछि अधिवेशनका मिति तय गर्ने निर्णय गरेकाले यसअघि तोकिएका सबै अधिवेशनहरु स्थगित गर्ने निर्णय आजको सचिवालय बैठकले गरेको छ’, सचिव जीवनराम श्रेष्ठले बताए।
केन्द्रीय कमिटीको संख्या, निर्वाचन पद्धति, महाधिवेशनको मोडालिटीलगायतका विषयमा पार्टीभित्र छलफल चलिरहेको उनले बताए।


