काठमाडौँ- श्रीलंकाका विदेशमन्त्री ४ दिने भ्रमणका लागि नेपाल आउने भएका छन्। विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री ४ दिने भ्रमणका लागि आज काठमाडौँ आउने भएका हुन्।
नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठमाडौँ आउन लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने छ।
श्रीलंकाका पूर्व अर्थमन्त्रीसमेत रहेका साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, समकक्षी एनपी साउद लगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।


